सिंगापुरमा जनसंख्याभन्दा दोब्बर पर्यटक

प्रकाशित मिति:

एजेन्सी -छोटो समयमा सम्मृद्ध भएका देशहरु मध्येको एक देश सिंगापुर हो । सिंगापुर घुमफिर गर्न चाहने विदेशी पर्यटकहरुका पनि उत्कृष्ट गन्तव्य हो । सानो यो देशका केही त्यस्ता रोचक नियम कानून तथा तथ्यहरु छन्, जो सुन्दैमा अनौठो लाग्दछ ।

सिंगापुरलाई जरिवानाको देश पनि भनिन्छ । त्यहाँ सार्वजनिक ठाउँमा थुकेमा १ हजार डलरसम्म जरिवाना तिर्नु पर्दछ । सिंगापुर दुनियाँको सबैभन्दा महंगो देशमध्येको एक मात्र होइन धनीहरुको देश पनि हो ।त्यहाँका हरेक ६ मध्ये एकजना नागरिक करोडपति छन् । देशको प्रतिव्यक्ति आय १ लाख ३ हजार अमेरिकी डलर रहेको छ । सिंगापुरको कूल जनसंख्या भन्दा धेरै त्यहाँ आउने पर्यटकको संख्या रहने गरेको छ ।

गत वर्ष सिंगापुरमा १ करोड २० लाख पर्यटक भित्रिए । जबकी सिंगापुरको कूल जनसंख्या मात्र ५७ लाख छ । सिंगापुरमा चुइंगम चपाउन पाइँदैन । चुइंगम बेच्ने तथा खाने व्यक्तिमाथि २ वर्षको कैद तथा १ लाख डलर सम्म जरिवाना हुने प्रावधान छ ।सन् १९६५ मा मलेसियाले सिंगापुरलाई आफुबाट अलग्गाएर स्वतन्त्र बनाइदिएको थियो । सिंगापुर ६३ वटा साना–साना टापु मिलेर बनेको छ ।