गर्मी बढेसँगै तराईका जिल्लामा सर्पको बिगबिगी

प्रकाशित मिति:

काठमाडौँ –गर्मी बढेसँगै तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पले टोकेका विरामी उपचारका लागि पुग्ने गरेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पर्सा ,बारा, रौतहट लगायतका जिल्लाबाट उपचारका लागि विरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालले जनाएको छ । सर्पले टोकेलगत्तै अस्पताल पु¥याइएका केही बिरामी उपचारपछि सकुशल घर फर्किने गरेका छन् ।विषालु सर्पले टोकेकालाई भने लामो समय अस्पतालमा राख्ने गरिएको छ ।