रुपन्देहीको गैडहवामा २ युवती माथि १२ जना युवाले गरे बलात्कार

प्रकाशित मिति:

विक्रम खड्का – रुपन्देहीको गैडहवा  गाउँपालिकामा  प्रधानमन्त्री रोजगार कार्यक्रमकाका अधिकृत समेतको सम्लग्नतामा सामुहिक बलात्कार भएको छ । दुई जना युवती लाई १२ जना युवाहरुले वलत्कार गरेका हुन् । असार २ गते राती ८ वजे भएको घटना ढिलो गरि सार्वजनिक भएको हो ।

घटना विवरण अनुशार गैडहवागाउँपालिकाका दुई जना युवती शर्मिला र प्रमिला नाम परिर्वतन लाई स्थानिय विष्णु थारुले खाजा खानकालागि नजिकै रहेको दलाल चोकामा बताए । वेलुका ५ वजे गएका प्रर्मिला शर्मिला विष्णु र अर्को एक जना विष्णुको साथीले होटलमा वियर सहित खाजा खाएपछि ८ वजेतिर घर फर्किन वाटो लागेका थिए ।  वाटोमा दुवैजना युवाहरुले जव्वरजस्ती गर्न थालेपछि प्रमिला भागेर नजिकैको हसनापुर गाउमा उद्धारको अपिल गर्न पुगेको स्थानियले बताएका छन् । उनले उद्धारका लागि आग्रह गरेपछि स्थानिय प्रकाश रिजालले अन्य ४ युवालाई पनि वोलाएका थिए । जसमा प्रधानमन्त्री रोजगाकार कार्यक्रमका अधिकृत जिवन ज्ञवाली पनि थिए । त्यसपछि प्रमिला सहित उनिहरु शर्मिला भएको स्थानतिर गएका थिए । तर वाटोमै उद्धारमा हिडेका युवाहरुले प्रमिललाई जव्वरजस्ती गरेका थिए ।

प्रमिललाई का ४ जनाले र शर्मिलालाई ८ जनाले वलत्कार गरेर हिडेका थिए । सामुहिक बलात्कारपछि गंभिर बनेका दुवै युवतीको समान्य स्वास्थ्य उपचार भए पनि शर्मिलाको अवस्था अझै ठिक भएको छैन । उनलाई छिन छिनमा रिंगटा लाग्ने खाना नखाने गरेको उनका आफन्तले बताएका छन् । गैडहवा गाउपालिका वडा न ९ का अध्यक्ष टेक वहादुर वलाले निकै गरिव परिवारका युवतीहरु अन्यायमा परेको भन्दै न्यायका लागि स्थानिय सरकारले पुर्णरुपमा पहल गर्ने बताए ।

यता घटनामा सम्लग्नहरु मध्ये अधिकांस फरार रहेका छन् । पिडित युवतीहरुको भनाई उद्धृत गर्दै स्थानिय दुर्गा वहादुर थापाले बताए अनुशार वलत्कारपछि उनिहरुले घटना सार्वजनिक गरे ज्यान मार्ने चेतावनी दिए थिए । घटना विस्तारै सार्वजनिक भएपछि विष्णु थारु सहितका कतिपय युवाहरु भागेका छन् । घटनामा गैडहवाको प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत ज्ञवालीलाई भने युवतीहरुले किटानी जाहेरी दिएपछि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।  उनलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घटनाका मुख्य अभियुक्त भनिएका विष्णु थारुका वुवा कात्लु थारु स्थानिय नेकपाका नेता हुन् । उनैको सम्लग्नतामा युवाहरु भगाईएको भन्दै स्थानिय गाउलेहरुले आक्रोश व्यक्त गरेपछि उनले ३ दिन भित्र छोरालाई प्रहरीको हवला गर्ने प्रतिवद्धता जनाएका छन् । शुरुमा घटना गुपचुप गर्न लागेका थिए ।

तर स्थानियको चर्को विरोध भएपछि अधिकांस गाउँलेहरुले घटनामा सम्लग्न सबैलाई कारवाही गर्नु पर्ने बताएका छन् । युवतीहरुले रातीको समय भएका कारण २,३ जना वाहेक अरुलाई नचिनेको बताईएको छ । ति युवतीहरु मध्ये एक जनाको श्रीमान साथमै रहेका छन् भने एक जनाको भने श्रीमानसंग सम्वन्ध विच्छेद भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीकोका प्रमुख शंकर पोख्रेलले भने घटनाको अनुसन्धान भैरहेको र केहि दिनमा धेरै कुरा सार्वजनिक हुने बताए ।