पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता

९ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
381 Shares


काठमाडौँ -पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो ।सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउने छन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइने छ । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ ।तर, ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन । बढेको भत्ता पाउनुपर्ने प्रहरीले माग गर्दै आएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद