एनआरएनए जापानद्वारा, क्षेत्रीय समितिहरुको अधिवेशन र निर्वाचन सम्वन्धि अनुगमन समिति गठन

प्रकाशित मिति:

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रासप जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेशन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरिएको छ।

एनआरएन जापानका महासचिब बुद्दीराज घिमिरेका अनुसार ,अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरी २ जना सल्लाहकार रहने छन् भने , समितिमा मानार्थ परिषद सदस्यलाई १४ क्षेत्रीय समितिको लागि अनुरोध गरि जिम्मेवारी दिएको छ।  यस पटकदेखि क्षेत्रिय समितिको नयाँ गठन हुने समितिलाई अनुगमन समितिको सिफारिसको आधारमा रासप जापानले मान्यता दिने प्रावधान गरिएको र क्षेत्रिय लेखा परिक्षणको लागि रासप जापानका सदस्यहरुलाई जिम्मेवारी दिएको छ । उनिहरुले लेखापरिक्षण गरेपछि मात्र क्षेत्रिय समितिको अधिवेसनमा आर्थिक प्रतिवेदन स्वीकृतिको लागि पेश हुने ब्यवस्था बिधानले गरेको छ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचन सम्वन्धि कार्यबिधि २०१९ तल उल्लेख गरिए अनुसार हुनेछ।

१ क्षेत्रीय समितिहरुको निर्वाचनको लागि सम्वन्धित क्षेत्रको कार्यसमितिले १आयुक्त र २ सदस्य सहित कम्तिमा ३ सदस्यिय निर्वाचन समिति गठन गर्न सकिनेछ।  २अधिवेशन हुनुभन्दा १ महिना अगाडी अधिवेसन र निर्वाचन सम्वन्धि सूचना प्रकाशन गर्नुपर्नेछ। ३ क्षेत्रिय अधिवेशन र निर्वाचनको लागि रासपले एक अनुगमन समिति तयारगर्नेछ, उक्त समितिले सिफारिस गरेको आधारमा क्षेत्रिय समितिलाई रासपको सचिवालयले मान्यता दिनेछ।  ४ अनुगमन समितिले आवश्यकता अनुसार माग गरेका बिवरण र जानकारी क्षेत्रिय समिति र निर्वाचन समितिले अनुगमन समितिलाई उपलव्ध गराउनु पर्नेछ।  ५ क्षेत्रिय समितिको लेखा परिक्षण रासपले खटाएको ब्यक्तिबाट गराई अधिवेसनमा स्विकृतिको लागि पेश गर्नुपर्ने छ। ६ क्षेत्रिय समितिको अधिवेशन जुलाई १० तारिख देखि अगस्ट १० तारिख सम्म सम्पन्न गर्ने गरि,अधिवेशन आयोजना हुने मिति भन्दा ३०दिन अगाडि सम्ममा सामाजिक संजालमा सुचना सार्वजनिक गर्नुपर्नेछ। ७ पंजिकृत सदस्य ५०० सम्म भएका क्षेत्रिय कार्यसमितिको संख्या १९ रहने र पंजिकृत सदस्य ५०१ भन्दा बडि भएमा क्षेत्रिय कार्यसमितिको संख्या २३ रहनेछ।  ८ एनआरएनए जापानलाई स्वोघोषित लगाएत बिभिन्न शिर्षकमा बुझाउनुपर्ने शुल्क नबुझाएर संस्थाको कालो सूचिमा सूचीकृत व्यक्तिको उमेरदवारी रद्ध हुनेछ। ९ अन्य जानकारी तथा कार्यसम्पादन परिषदको बिधान २०१९ अनुसार गर्नु गराउनुहुन अनुरोध गरिन्छ ।

१० क्षेत्रिय निवाचन र कार्यसमितिको संरचना गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषदको बिधान २००४ को संशोधन सहितको बिाधान२०१९ को परिच्छेद ६ को दफा १को उपदफा १।३ बमोजिम रहने छ। ११ निर्वाचन प्रयोजनको लागि निर्वाचन समितिले रासप जापान संग समन्वय गरि मतदाता नामावली प्रकाशित गर्नेछ। १२ निर्वाचन समितिले निर्वाचन कार्यबिधि तोक्नेछ। १३ क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवार बन्नको लागि क्षेत्र वा रासपको कुनै पनि पदमा रहि एक कार्यकाल कार्य सम्पादन गरेको हुनुपर्नेछ।  १४ क्षेत्रिय अधिवेशन तथा निर्वाचन सम्वन्धि कुनै बाधा वा समस्या आएमा रासप जापान संग समन्वय गरि समाधान निकाल्न सकिनेछ। १५  क्षेत्रिय निर्वाचन प्रकृया क्षेत्रिय समितिको निर्णय बमोजिम हुनेछ।