राप्रपाको आउँदो जेठमा महाधिवेशन

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७७ जेठ महिनामा महाधिवेशन गर्ने निर्णय गरेको छ। दुई दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पनि सर्वसम्मतरूपमा पारित गरेको छ।

यो वर्षलाई राप्रपाले ‘संगठन निर्माण वर्ष’ का रूपमा कार्यान्वयन गर्ने भन्दै आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो। २०७३ साल फागुनमा राप्रपाको एकता महाधिवेशन सम्पन्न भएको थियो। साधारणतया चारवर्षमा महाधिवेशन गर्दा २०७७ सालको अन्तिमतिर केन्द्रीय महाधिवेशन गर्नुपर्ने हुन्थ्यो। बैठकमा अध्यक्ष थापाले राष्ट्रिय राजनीतिमा देखिएको तरल स्थिति, पार्टी संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था एवं आगामी स्थानीय÷संसदीय निर्वाचनको तयारीको लागि समेत पर्याप्त समय प्रदान गर्नुपर्ने भन्दै आगामी महाधिवेशन २०७७ जेठ महिनामा गर्ने प्रस्ताव गर्नुभएको थियो।

महाधिवेशनको मिति तय भएसँगै यो वर्ष संगठन निर्माण गर्ने क्रममा देशका सम्पूर्ण गाउँ÷नगरपालिकाका वडाहरूमा पार्टी एकाइ समितिको गठन÷पुनर्गठन गर्ने र कम्तीमा ३ लाख सक्रिय सदस्य बनाइने राप्रपाले जनाएको छ। युवक, महिला, विद्यार्थी र धार्मिक संगठनको एकाइ प्रत्येक गाउँ÷नगरपालिकाहरूमा विस्तार गरिने राप्रपाको योजना छ। राप्रपाले यो वर्ष ट्रेड युनियन महासंघ, शिक्षक परिषद् र युवा मोर्चाको शाखाहरू प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रसम्म गठन गर्नुका साथै सम्पूर्ण भातृसंगठनको केन्द्रीय अधिवेशन सम्पन्न पनि सम्पन्न गरिसक्ने जनाएको छ।

राप्रपा बैठकले सरकारको कार्यशैली सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको भन्दै चिन्ता पनि व्यक्त गरेको छ। वर्तमान सरकारले संवैधानिक निकाय, राष्ट्रिय स्तरका आयोग, प्रशासन, शैक्षिक संस्था, कुटनीतिक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टी प्रति आस्था राख्ने व्यक्ति छानी–छानी राख्ने कार्य भइरहको राप्रपा बैठकले निष्कर्ष निकालेको छ। शक्ति पृथकिकरणको मान्यतालाई आघात पु¥याउँदै न्यायपालिकालाई समेत पार्टीकरण गर्ने प्रयास भइरहेको राप्रपा बैठकको आरोप छ।

राप्रपा बैठकले नेपाल सरकारले संसदमा पेस गरेको र चौतर्फी विरोधपछि गुठीसम्बन्धी विधेयक फिर्ता लिएको घटनालाई राप्रपा सतर्कतापूर्वक स्वागत गरेको छ। विस्तारित बैठकले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेकामा राप्रपा चिन्ता व्यक्त गर्नुका साथै धर्म परिवर्तन गराउनेलाई कारबाही गर्न र यस्ता कार्यलाई निरुत्साहित गर्नसरकारसँग माग पनि गरेको छ। बैठकले राप्रपाबाट विभाजित भई खडा भएको राप्रपा ९संयुक्त० सँगको एकतालाई प्राथमिकता दिइने निर्णय गरेको छ। गत एकता महाधिवेशनको निर्णय र ‘म्यान्डेट’ एकताको मूल आधार बनाउन र राष्ट्रियता, हिन्दूत्व र प्रजातन्त्रप्रति आस्थावान् अन्य व्यक्तिहरूलाई पार्टीमा सम्मानजनकरूपमा आकर्षित गर्ने अभियान सञ्चालन गरिने निर्णय पनि गरेको छ।