जीपी कोईराला फाउन्डेसनको कार्यलयमा विभिन्न महानुभावलाई स्वागत

९ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
71 Shares


अमेरीका । गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका को कार्यलय मा गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का मानार्थ सदस्य तथा नेपाली जनसम्पर्क समीती अमेरीका न्यु मेक्सीको का संस्थापक सभापति डाक्टर देश राज संयोग र भर्जिनीया वाट आउनु भएका कृष्ण भण्डारी, रमेश खनाल, शिव दाहाल, विश्वमान आङदाम्बे र सुरेश अधिकारी हरुलाई , स्वागत गरीएको छ ।

स्वागत कार्यक्रम मा क्वीन्स वोरो प्रेसिडेन्ट कार्यलयका कम्युनिटि डाइरेक्टर डाक्टर मोहम्मद हक, पास्टर इमानुलयल एस्से, पाकीस्तानी अमेरीकन नेता ईक्बाल हसन, न्यु यार्क राज्य सर्वोच्च अदालत का प्रधान न्यायाधीश रिटायर्ट थोमस राफाएल, फाउण्डेशन का केन्द्रीय सदस्यहरु श्याम कार्की र प्रेम पौडेल, बङलादेशी अमेरीकन नेता मोहम्मद रसीद हरुको उपस्थिति थियो। युग पुरुष स्वं गीरीजा प्रसाद कोइरालाको नाम मा फाउण्डेशन स्थापित गरेर गीरीजा वावु को योगदानलाइ देश विदेश सम्म चिनाउँदै अगी बढेकोमा गीरीजा प्रसाद कोइराला फाउण्डेशन की केन्द्रीय अध्यक्ष माननिय सुजता कोइराला लाइ धन्यवाद प्रकट गर्दै उहाले फाउण्डेशन को भावि योजना हरुलाइ आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्य गर्ने प्रतिवद्वता गर्नु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया