जी–२० शिखर बैठकमा चिनियाँ राष्ट्रपति सि सहभागी हुने, अमेरिकी समकक्षी ट्रम्पसँग भेट्दै

प्रकाशित मिति:

बेइजिङ – चीनका राष्ट्रपति सि जिनफिङले यसै साता जापानमा हुने जी–२० बैठकमा भाग लिने भएका छन् । जापान यात्राका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने र दुई देशबीच जारी व्यापार युद्धलाई निकास दिन कुराकानी गर्ने सम्भावना रहेको बताइएको छ ।

यो भेटघाटको उद्देश्य अमेरिकाद्वारा चीनको ३०० अर्ब डलरबराबरको निर्यातमा लगाइएको शुल्क हटाउने रहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले आइतबार भने, ‘‘सि जापानका प्रधानमन्त्री सिन्जो आबेको निमन्त्रणमा २७ देखि २९ जुनसम्म जापानको ओसाकामा हुन लागेको जी–२० को १४ औं शिखर बैठकमा भाग लिन जाँदैछन् ।

यसअघि १८ जुनमा ट्रम्प र सिबीच लामो कुराकानी भएको थियो ।’’ उनका अनुसार दुई राष्ट्र प्रमुखको छलफलमा लामो समयदेखि दुई देशबीच चलेको व्यापार विवादलाई निकास दिनेबारे कुरा भयो । यो व्यापार युद्धको सुरुआत गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पका तर्फबाट भएको काङले बताए । उनका अनुसार चीनको व्यापार घाटा कम गर्न सिले कदम चाल्नुपर्ने ट्रम्पको चाहना छ । गत वर्ष चीनको व्यापार घाटा ५३९ अर्ब डलर पुगेको छ । – नवभारत टाइम्स