बुटवलमा सुकुमवासीको आवाज बन्दै मुस्लिम आयोग

प्रकाशित मिति:

इमरान खान –  गत हफ्ता बुटवल १ स्थित रजाए मुस्तफा जामे मस्जिद अगाडि २ कठ्ठा जमीनमा बसोबास गर्दै आएका १६ सुकुमवासी घरपरिवारको जग्गामा डोजर लगाएर उपमहानगरपालिकाले भत्काएको घटना प्रति मुस्लिम आयोगले चासो जनाएको छ । सुकुमवासीहरू सङ्ग प्रत्यक्ष भेटेर समस्याको अवलोकन आयोगले गरेको छ ।

आज मुस्लिम आयोगका अध्यक्ष शमीम मियां अंसारिको टोलीले उपमहानगरपालिकाका अध्यक्ष नवराज सुबेदि सङ्ग भेटवार्ता गरि बैकल्पिक घर निर्माण गर्न आग्रह गरेको छ ।  १६घरपरिवारलाई तत्काल बैकल्पिक घर आवास निर्माण गरि व्यवस्थापन गर्न बुटवल उपमहानगरपालिका तयार रहेको जानकारी प्राप्त भएको छ । सुकुमवासीहरूको समस्या र समाधान गर्नको लागि मुस्लिम आयोग र उपमाहानगरपालिकाको समन्वयमा ३ जना सदस्य भएको समिति पनि आज तयार गरिएको छ। साथै रजाए मुस्तफा जामे मस्जिद अगाडि ३० फिट जमीन छोडेर कभर्ड हाल बनाउन समेत मुस्लिम आयोगको आग्रहलाई उपमहानगरपालिका तयार भएको छ । मानव अख़्तियारको निर्देशनमा रजाए मुस्तफा जामे मस्जिद अगाडि सुकुमवासीहरूको जमीन उपमहानगरपालिकाले घरहरू भत्काएको थियो । मुस्लिम आयोगको अध्यक्ष समीम मिया अंसारिले अगुवाईमा मेयर सङ्ग भेट्ने टोलीमा हज समितिका अध्यक्ष शमशेर मिया, पूर्व मन्त्री नजीर मियां, पूर्व मन्त्री हकीकुल्लाह खान ,जामे मस्जिदका अध्यक्ष मकबूल मिया लगायत मुस्लिम अगुवाहरु सहभागी थिए ।