मेस्सी बने जन्मदिनमै ‘म्यान अफ दी म्याच’ पाउने पहिलो खेलाडी

प्रकाशित मिति:

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्व फुटबल इतिहासमा जन्मदिनकै दिन गोल नगरी ‘म्यान अफ दी म्याच’ पाउने पहिलो खेलाडी बनेका छन् ।

ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २–० गोलले पराजित गरेको थियो । सन् १९८७ जुन २४ मा जन्मेमा उनले जन्मदिनकै दिन कतारविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दी म्याच’ पाएका हुन् ।