लुम्बिनीमा ‘महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस’ बन्दै

९ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
289 Shares


 रविन्द्र प्रताप गुप्ता  भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति स्थलको रुपमा महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस निर्माण सुरु भएको छ । विश्वभरीका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसंग सम्बन्धित साधकहरुले समेत साधना गर्ने सक्ने गरी निर्माण गर्न लागिएको हो ।शान्तीको खोजमा भौतारीरहेकाहरुलाई यो एक उत्कृष्ट गन्तव्य हुने यसको परिकल्पनाकारको दावी छ । सुन्दर संरचना, वरिपरी बगैचा, ध्यान केन्द्र आधुनिक सभाहल, पुस्तकालय, अनुसन्धान केन्द्र लगायतको सुविधा सहित गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन “महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस” ले लुम्बिनीलाई विश्वमा अझै वृहत रुपमा चिनाउन भुमिका खेल्ने भनिएको छ ।

लुम्बिनीलाई विश्वशान्तिको केन्द्रको रुपमा अझै व्यापक रुपमा विकास गर्ने उद्देश्यको साथ केन्द्र निर्माणको काम अगाडि बढाइएको हो । धर्म गुरु श्याल्पा तेञ्जिन रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको पिसको निर्माणको काम लुम्बिनीमा धमाधम अगाडी बढेको छ । सन् २०१३ बाट अघि सारिएको अवधारणालाई सार्थक रुप दिंदै रिन्पोछेले लुिम्बनीमा पृथक सोच र शैलीबाट सेन्टर निर्माणको काम अगाडि बढाएका छन् । धर्मगुरु रेन्पोछेले युनिभर्सल पिस निर्माण गर्नको लागि एक व्यक्ति एक रुपैयाँको अभियान समेत अगाडी सारेका छन् । स्यान्क्चुरीको बाहिरी संरचनाले फक्रदै गरेको कमलको फूललाई प्रतिनिधित्व गर्नेछ । त्यसै गरी स्यान्क्युरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गरेका भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ । केन्द्रमा १ हजार ५ सय सिट क्षमता भएको एउटा अन्तर्राष्ट्रिय स्तरको सभाकक्षको निर्माण गरिनेछ । यस केन्द्रभित्र सामुहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिनेछ । साथै विशेष ठूला ध्यान कक्षहरुको समेत व्यवस्था गरिएको हुनेछ । अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भुकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको छ ।

सेन्टरमा द युनिभर्सल पिस पुस्तकालय रहनेछ । जसमा भगवान बुद्धले दिएका ज्ञानको संकलन गरिनेछ । उनले दिएका प्रवचन समेटिएका वा तीमाथि गरिएका व्याख्यानहरुको संकलन भएका पुस्तकहरु संकलन गरिनेछ । बुद्धको जीवन यात्रा, उनले पार गरेका ज्ञानका श्रंखला र कसरी जीवनमा सही ढंगले यात्रा गर्नुपर्छ भन्ने आशय भएका प्रवचनहरु समेटिएका विभिन्न थाङका पेन्टिङहरु पनि संकलन गरिने उद्देश्य राखिएको छ । त्यसैगरी बुद्धका अमुल्य, मुर्तिहरु, पवित्र बौद्ध धार्मिक ग्रन्थहरु र धार्मिक अनि सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुहरुको संग्राहलय पनि रहेनछ । युनिर्भसल पिस इन्स्टिच्युटमा एउटा खोज अनुसन्धान केन्द्र पनि रहेनछ । अनुसन्धान केन्द्रका लागि काम गर्नेमा विभिन्न शोधकर्ताहरु हुनेछन । जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्म सम्बन्धि पुस्तकहरुको संकलन, चर्चा, व्याख्या गर्नेछन । केन्द्रले विभिन्न पुस्तहरुलाई डिजिटलाइज्ड गरेर डाटावेसमा पनि बनाउनेछ । केन्द्रमा सुनौलो गजुर, द युनिभर्सल पीस लाईब्रेररी, द पिस म्युजियम ९शान्ति संग्रहालय०, च्यारिटेबल एक्टिभिटिज रहने छ । मनलाई आन्नद दिने गरी पेन्टिङ गरिनेछ । बुद्धको बारेमा प्राप्त सबै विषयवस्तुलाई हजारौ वर्ष सम्म केही नहुने गरी डिजिटल प्रविधिमा राखिनेछ । केन्द्रका ४ वटा ढोका रहनेछ ।

महासिद्ध स्यान्क्चुरी फर युनर्भिसल पिसमा कुनै किसिमको पर्खाल र गेट नलगाउने यसका परिकल्पनाकार धर्मगुरु स्याल्पा तेन्जिङ रिम्पोछेले बताए । उनले यस प्रति स्थानियहरुको पनि उत्तिकै लगाव र अपनत्व देखाउनलाई कुनै पनि प्रकारको घेराबन्दी नगर्ने बताए । “यो शुद्ध आध्यात्मिक र शान्तीको प्राप्तीको लागी निर्माण गरिदै छ ।” रिम्पोछेले भने । यसको लागी विश्वकै उत्कृष्ट अर्किटेक्चर, डिजाईनर र ईन्जिनियर लगाईएको उनले बताए । करिब ६० करोड खर्च हुने अनुमान गरिएको यो संरचना बने पछि यसले लुम्बिनीलाई विश्वमा अझै बिशिष्ट रुपमा पहिचान दिलाउने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…