नेकपाकै भातृ संगठनले दियो अनसनरत बिस्थापित परिवाहरुलाई साथ

प्रकाशित मिति:

बुटवल –भुमिअधिकारका लागि क्रियाशिल नेकपा कै जनवर्गिय संगठनले १६ घर परिवारलाई कबर्ड हल बनाउने नाममा बिस्थापित गरिएको घटनाको बिरोध गरेका छन । आज सोमवार नेपाल भुमिहिन संगठनका केन्द्रिय सचिव सिद्धिचरण भटराईको नेतृत्वमा तथा अखिल नेपाल भुमिहिन संगठनका केन्द्रिय सदस्य भरत खनालको नेतृत्वमा रुपन्देहीका दुवै संगठनका जिल्ला अध्यक्ष बिरमान लामा र बिर बहादुर क्षत्रि सहित जिल्ला नेताहरु सहभागितामा घटना स्थलमै संयुक्त बैठक बस्यो ।

बैठक पश्चात नेतृत्व सहित बुटवल उपमहानगरपालिका पुगेको टोलीले उपप्रमुख गुमादेवी आचार्यलाई भेटि संगठनको ध्यानाकर्षण भएको र बिस्थापित परिवारलाई तत्काल स्थापित गर्न माग गर्यो । कवर्ड बन्नु राम्रो भएपनि आश्रित परिवारलाई बिस्थापित गर्नाले त्यसले मानवता र वर्गिय पक्षधरतामै प्रश्न उठेको कुरा राख्दै तत्काल उनिहरुलाई स्थापित गर्ने काम नगरिए संगठन आन्दोलनमा उत्रने अवगत गरायो । अनसनरत आन्दोलनकारीको भावनामा एक्यवद्धतामा जनाउँदै आन्दोलनमा साथ रहेको स्पष्ट पार्यो ।

विस्थापित १६ घर परिवार भुमिहिन र सिमान्त श्रमजिवी वर्ग हुन । उनिहरु ४८ बर्ष अघि देखि उक्त थलोमा बस्दै आएका छन । उनिहरु बसेको स्थान नगरपालिकाले आफनो दावि गरेपनि त्यो जग्गा श्री ३ महारानीको घोडाको तवेला स्थल हो । त्यो जग्गा सरकारी कायम भए नभएको प्रमाण एकिन छैन । बुटवल उपमहानगरले उक्त ठाउँमा पुरानो घर भत्काएर कवर्डहल बनाउने कार्य गरि रहेको छ ।भेटका अवसरमा उपप्रमुख आचार्यले कार्यपालिकाले छानविन गर्न वडाअध्यक्ष राम प्रसाद रेग्मीको अध्यक्षतामा समिती बनाएको बताईन र आफुहरुले वास्तविक भुमिहिनलाई स्थापित गर्ने बताईन । तर प्रतिनिधी मण्डल उहाँको भनाईमा सन्तुष्ट हुन नसकि पहिला छानविन गरेर स्थापित गरेर भत्काउने कार्य गर्नेकी बिस्थापित गरी बिचल्ली बनाएर छानवीन गर्ने भन्ने प्रश्न प्रतिनिधी मण्डलका सदस्यहरुले गरेका थिए ।