भीरकोटका जेष्ठ नागरीक सम्मानित

प्रकाशित मिति:

एशिव शरण महत- भीरकोट नगरपालिका भित्र वसोवास गर्ने ८० वर्ष पुगेका जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने कार्यक्रम शुरु गरिएको छ । भिरकोट नगरपालिकामा ८० वर्ष पुगेका ६२५ जेष्ठनागरीक रहेका छन् । ति मध्ये आज १०० जना जेष्ठ नागरीकलाई एक वटा च्वानप्ररास र १ वटा अशोकगन्दा सहित जेष्ठनागरीक सम्मान पत्र प्रदान गरी सम्मान गरीएको हो । सम्मान गर्न पर्ने वाँकी ५२५ जनालाई वाडहरुमा गएर सम्मान गर्ने वताइएको छ ।

जेष्ठनागरीक सम्मान कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले जिवनकालमा आफ्नो शारिरीक मानसिक रुपले समाजको उत्थान र विकासमा पुर्याएको अतुलनीय योगदान प्रशंशनीय भएको जस्को कारण अहिलेको वर्तमान अवस्था देख्न पाएको भन्दै वाकी जिवन निरोगी रही सुखमय ढंगले विताउने वातावरणको सिर्जना गर्नु आफ्ना सन्ततीको जिम्वेवार हुने वताउनु भयो । जेष्ठनागरीक समाजका गहना भएकाले सवैको सम्मान गर्नु पर्ने समान दायित्व हो । वुढेसकालमा अपमानीत हुन नपरोस र हिनतावोध नहोस भन्ने उद्धेश्य आफ्नो रहेकोले जेष्ठनागरीकलाई सम्मान गरेको खनालले वताए ।

नगरपालिकाले अव छिट्टै हरेक वाडको वाक्लो वस्ती भएको ठाँउमा जेष्ठनागरीकहरुलाई निर्धक्क भएर आन्नद संग दिन विताउनको लागी जेष्ठनागरीक सेवा केन्द्र भवन निर्माण गर्ने कार्ययोजना अगाडी वढाएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानाले वताए । भीरकोट नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कविराज निरीक्षक खेमराज देवकोटा र स्वागत वडा न ४ का वडा अध्यक्ष चन्द्र वहादुर वस्नेतले गर्नुभएको थियो । सम्मानित जेष्ठनागरीकहरुले नगरपालिकाले हामी वुडावुढीहरुलाई सम्झीएर सम्मान र वाँच्नको लागी प्रेरणा प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए । सम्मान हुन आएका जेष्ठ नागरीकहरु लाई निःशुल्क आयूर्वेद स्वास्थ्य कार्यक्रम मार्फत निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण समेत गरीएको थियो ।