हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा क्षेप्यास्त्र आक्रमण

९ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
57 Shares


एजेन्सी -रियाद/ साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् ।आक्रमणबाट एक जना सिरियाली नागरिकको ज्यान गएको जनाइएको छ । आक्रमणमा २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् । इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तीब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ ।

यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ ।विमानस्थलमा गरिएको आक्रमणबाट घाइते भएकाहरुमा साउदी अरेबिया, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् ।घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टिभीले अभा र जिजान विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको दाबी गरेको छ ।साउदी अरेबियाले भने जिजान विमानस्थलमा भएको आक्रमणबारे केही उल्लेख गरेको छैन । जुन १२ मा पनि अभा विमानस्थलमा हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए । उक्त आक्रमणबाट २६ जना घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाल जमिनमा गिद्धे नजर लगाउने भारतलाई यस्तो ठूलो झड्का
  • भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी…
  • शून्य दरबन्दीमा १२ विद्यालय
  • कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो…
  • युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित
  • यातायात मन्त्रीलाई हटाउन प्रधानमन्त्रीसंग सांसद डिलाको आग्रह
  • गुल्मीमा आमाछोरीको हत्या गरी फालेको आरोपमा २ जना पक्राउ
  • महानगरको स्मार्ट पार्किङ र विज्ञापन बोर्डमा अख्तियारको छानबिन
  • चीनले पनि अतिक्रमण गरेको भूमी फिर्ता माग्दै काठमाडौमा प्रदर्शन
  • कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको फैसला उल्टाउन ट्रम्पको माग