प्रदिपको रोज युट्युबमा

९ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
23 Shares


काठमाडौं – प्रदीप खड्का अभिनित फिल्म ‘रोज’ युट्युबमा रिलिज गरिएको छ । ओएसआर डिजिटलको च्यानलमार्फत सार्वजनिक गरिएको यो फिल्म हलमा भने पूरै फ्लप भएको थियो ।गतवर्ष रिलिज भएको यो फिल्ममा प्रदीप खड्का एक प्रेमीका रुपमा देखिएका थिए, उनीमाथि आफ्नै प्रेमिका हत्या गरेको आरोप लागेको हुन्छ ।

फिल्ममा मिरुना मगर र परमिता रानाको पनि अभिनय छ । सस्पेन्स थ्रीलर भनिएको यो फिल्म हलमा फ्लप भए पनि युट्युबमा भने ३ दिनमा झण्डै १८ लाखले हेरेका छन् ।प्रदीप खड्का, मिरुना मगर, परमिता राना, कर्मा, वरुण जबरा, नरेश पौडेल, केदार भुसाल, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा मित्र डी। गुरुङको सम्पादन छ । फिल्मलाई आयरा पौडेल र आरोही केसीले निर्माण गरेका हुन् भने केदार भुसालले लेखेका हुन् ।यस्तै फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया