कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलरको लगानी गर्ने

प्रकाशित मिति:

एजेन्सी –कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ । कतारको सरकारी समाचार संस्था क्यूएनएले जनाएअनुसार पाकिस्तानमा कतारले प्रत्यक्ष लगानी तथा निक्षेप गरी ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको हो ।

कतारको यो लगानीले पाकिस्तान र कतारबीचको आर्थिक साझेदारी ९ अर्ब अमेरिकी डलरसम्म पुग्ने कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई उद्धृत गर्दै क्यूएनएले जनाएको छ । गत महिनामात्र पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ६ अर्ब अमेरिकी डलर बराबरको ऋण मिनाहाका लागि पहल शुरु गरेको थियो ।पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान कमजोर बन्दै गएको सार्वजनिक वित्त तथा ओरालो लाग्दै गएको अर्थतन्त्रलाई उकास्न संघर्षरत छ । पाकिस्तानले आफ्नो अर्थतन्त्रलाई स्थीर बनाउन खाडी मुलुक तथा अन्तर्राष्ट्रिय दाताहरुसँग ऋण खोजिरहेको बताइन्छ ।