सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

१० असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
188 Shares


वीरगन्ज– प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

स्रोत नखुलेको ठूलो परिमाणमा रकम र चाँदी बरामद हुने सूचना अनुसार पुगेको प्रहरी टोलीले छापा मारिमा ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदी फेला पारेको छ। कन्हैया प्रसाद सोनार संचालक रहेको उक्त पसलबाट नगद र चाँदीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट गएको टोलीले छापा मारेको थियो। प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताए।

‘पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक हुन, ६ जना नेपाली नै हुन’, प्रहरी उपरीक्षक राठौरले भने, ‘वीरगन्जको माईस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा हुण्डीको कारोबार हुन्छ भन्ने सूचना थियो, छापामारीमा स्रोत नखुलेको रकम पनि बरामद भयो, कच्चा चाँदी पनि फेला परेको छ।’पक्राउ पर्नेमा रौतहट चपुरका सुर्य बहादुर, बारा चैनपुरका गुलाब साह, पर्सा रामटोलका राकेश कुमार साह, बिन्दवासनीका सुजितकुमार र चन्दन साह, भारत बिहार चेरगाँहाका राजकपुर साह र बिहार मोतिहारीका सुनिल प्रसाद रहेका छन्। प्रहरीले अवैध रकम हुण्डी कारोबारको हुनसक्ने भन्दै अनुसन्धान थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…