विप्लवको बन्द ठाउँ ठाउँमा बम, शैक्षिक संस्था पनि बन्द

प्रकाशित मिति:

काठमाडौँ -प्रहरीले कार्यकर्ता हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार आयोजना गरेका नेपाल बन्दका कारण काठमाडौँ उपत्यका सहित देशभरका जनजीवन प्रभावित भएको छ ।बन्दको कारण राजधानीमा सार्वजनिक सवारी साधानहरु कमै चलेका छन् । अन्य बन्दका तुलनामा निजी सवारीसधानहरु सडकमा कम गुडेको छन् ।

उपत्यकाका निजी शैक्षिक संस्थाहरुले पठनपाठन नै बन्द गरेका छन् । यसको मनोवैज्ञानिक त्रास बालबालिकामा पर्न सक्ने देखिन्छ । चोक चोक प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।बन्दलाई प्रभावकारी बनाउन देशका विभिन्न स्थानबाट विप्लव समूहले बम राखेको समाचारहरु आएका छन् । अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरु सतर्क रहेको जनाइएको छ ।असार ५ गते सर्लाही जिल्लाका संयोजक कुमार पौडेलको प्रहरीका गोली लागि मृत्यु भएको विरोधमा सो समूहले बन्दको आह्वान गरेको छ । सरकारले दोहोरो भिडन्तमा पौडेल मारिएको र उनीसँगबाट पेस्तोल बरामत भएको जनाएको छ । तर नेकपाले पौडेललाई पक्राउ गरेपछि हत्या गरिएको जनाएको छ ।यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगका दुई टोलीले अनुसन्धान गरिरहेको छ । त्यसैगरी संसदका राज्य व्यवस्था समितिले समेत छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।