बन्दको प्रभाब ,भैरहवा पूर्ण रुपमा बन्द

१० असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
125 Shares


भैरहवा-विप्लव निकट नेकपाले गरेको आजको नेपाल बन्दमा भैरहवमा पूर्ण रुपमा बन्द भएको छ । नेता तथा कार्यकर्ता बाटोमा नभए पनि सार्वजनिक यातायात चलेका छैनन् । फाटफुट रुपमा निजी दुईपाङग्रे गाडी र अटो तथा इरिक्सा मात्रै सडकमा गुडेका छन् । बन्दबाट क्षति नहोस् भन्नकालागि चोक चोकमा सुरक्षा कर्मीहरु खटाइएको छ ।

हिजो साँझ बन्दकर्ताले मसालजुलुस ननिकालोस् भन्दै बेलुका देखि नै सुरक्षाकर्मी चोकचोकमा खटाइएको थियो । बन्दको आह्वानले गर्दा व्यवसायीहरुले आफ्ना पसलहरु नखोल्ने बताएका छन् । यातायात व्यवसायीले पनि आफ्नो गाडिको सुरक्षा नहुने भन्दै गाडि सञ्चालन नगर्ने बताएका छन् । विद्यालयहरुले पनि विद्यालयमा पठनपाठन नगर्ने जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया