इरानअमेरिका बीच तनाव चर्किँदो

प्रकाशित मिति:

एजेन्सी -अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दीका घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा नाकाबन्दी लगाएको बताएका छन् ।अमेरिकाले घोषणा गरेको नयाँ नाकाबन्दीमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खोमिनीको समेत रहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी सेनाले अमेरिकी ड्रोन खसालेको प्रतिक्रियामा नयाँ नाकाबन्दी लगाएको घोषणा गरिएको बताएका छन् ।

इरानी विदेश मन्त्री जभाद जारिफले अमेरिकाको पछिल्लो नाकाबन्दीको घोषणा घृणात कुटनीति भएको बताएका छन् । जारिफले अमेरिका ‘युद्धको प्यासी’ भएको ट्विट गरेका छन् । पछिल्लो केही सातादेखि इरान र अमेरिकाबीच तनाव चर्किएको छ ।अमेरिकाले इरानी सेनाका ८ उच्च अधिकारीमाथि नयाँ नाकाबन्दीमा राखिएको जनाएको छ । त्यसैगरी इरानका अर्बौँ अमेरिकी डलर बराबरको सम्पत्ति समेत रोक्का गरिएको छ ।