बुटवलका २ ठाउँमा नक्कली बम फेला

प्रकाशित मिति:

बुटवल- विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा रुपन्देहीको बुटवलमा पनि दुई ठाउमा नक्कली बम फेला परेको छ ।सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको बि टि आई अगाडी र होराइजन चोकमा नक्कली बम फेला पारेको हो ।

प्रदेशको मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय,प्रदेश प्रमुखको कार्यालय लगायतका सरकारी कार्यालय रहेको स्थानबाट करिब डेढ सय मिटरको दुरीमा आज बिहानै नक्कली बम फेला परेको हो । टाइम बम लेखिएको कागजको डिब्बमा रहेको नक्कली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान पौने छ बजेनै डिस्पोज गरेको छ ।त्यसैगरी सिद्धार्थ राजमार्गमै पर्ने बुटवलको होराइजन चोकमा फेला परेको नक्कली बम भने जनपद प्रहरीलेनै हटाएको स्थानीय सूरक्षा निकायले जनाएको छ । बिहान ६ बजे तिर फेला परेको टिनको डब्बामा रहेको सो नक्कली बम देख्दै नक्कली जस्तो देखिएकोले त्यसलाई ७ बजेतिर प्रहरीलेनै हटाएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बुटवलको बि टि आई चोकमा संकास्पद बस्तु भेटिएको र त्यसलाई निस्कृय पारिएको जानकारी दिए । होराइजनचोकमा भेटिएको संकास्पद टिनको डिब्बा भित्र भने बालुवा मात्रै भेटिएको प्रनाऊ भट्टराईले बताए ।