ट्रकले लियो ज्यान ,ट्रकको ठक्करबाट मोटरसाइलमा सवार एकको मृत्यु

प्रकाशित मिति:

चितवन-चितवनमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ। सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार तिलचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अधिकारी नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति हुन्। इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना २७ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।दुर्घटनामा परेर घाइते भएका ३९ वर्षीय अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालकचालक फरार छन्। उनको खोजी गरेर घटनाबारे आवश्यक अनुसन्धा गरेर कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।