बिना मगरको कार्यक्रममा झडप : चार कांग्रेस नेता,कार्यकर्ता घाइते

प्रकाशित मिति:

पुनर्वास – पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउदै गेरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ता संग झडप हुँदा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन ।

धनगढीबाट निर्वाचन क्षेत्र आउदै गरेकी मन्त्री मगरलाई कालो झण्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका नेपाली कांग्रेसका कार्यकर्ता माथी नेकपाका कार्यकर्ता बिच झडप भए पछि नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् । घाइतेहरुको कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइ रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने कार्यक्रम तय भए पछि झन्डै ३०० सुरक्षा कर्मी परिचालन गरिएको थियो । – हाम्राकुरा