प्रधानमन्त्रीका सल्लाहकार ट्विट गर्दै भने – इतिहास दोहोर्‍याउने कुचेष्टा

प्रकाशित मिति:

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत गरेको एक ट्वीट अहिले चर्चामा छ । उनले भित्र र बाहिरका शक्तिहरु सक्रिय भएको अवस्थामा इतिहास दोहोर्‍याउने कुचेष्टा भएको उल्लेख गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्टाउने नभए सरकारका विरुद्ध प्रयोग गर्ने । ककस्लाई के कसोगरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था । इतिहास दोहोर्याउने कुचेष्टा ।’

प्रधानमन्त्री ओली एकपछि अर्को गरी सरकार सञ्चालन र पार्टी सञ्चालनमा कमजोर बन्दै गईरहेका बेला प्रधानमन्त्रीका परराष्ट सल्लाहकारको यस्तो टिप्पणी आएको हो । चुनाव अगाडीसम्म नेकपा प्रति जनताको ठूलो अपेक्षा थियो । त्यही अपेक्षा अनुसार नै नेकपालाई मतदाताले झण्डै दुई तिहाई मत दिएका थिए । ट्वीट हेर्दा सामान्य भएपनि त्यसभित्र अन्तरनिहित शब्द र त्यसले गर्न खोजेको संकेत नभएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

हेर्नुहोस् उनको ट्वीट:-