जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको सामाजिक सुरक्षामन्त्री विष्टको भनाई

प्रकाशित मिति:

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आधारभूत तहका जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।

इन्टरनेशनल ट्रेड युनियन कन्फ्ररिडेशन–एशिया प्यासेफिकद्वारा मंगलबार आयोजित नेपालमा सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई बढीभन्दा बढी श्रमिकलाई समेट्ने गरी अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।