अन्तत : राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

१० असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
74 Shares

File

काठमाडौं – सरकारले गुठी सम्बन्धी विधेयक २०७५ फिर्ता लिएको छ । भूमी , व्यवस्था , सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले आज राष्ट्रियसभाको बैठकबाट विधेयक फिर्ता लिनुभएको हो । राष्ट्रियसभाको आजको बैठकबाट विधेयक फिर्ता भएको हो । सरकारले राष्ट्रियसभाको विधेयक शाखामा विधेयक दर्ता गरेको थियो ।

विधेयकको विरोधमा आन्दोलन बढदै गएपछि मन्त्री अर्यालले गत मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने बताउनुभएको थियो । बुधबार आयोजना गरिएको विरोध र्याली र सभा पनि भएको थियो । आन्दोलनकारीले विधेयक खारेज गर्नुपर्ने माग गरेका छन् । यसबीचमा राष्ट्रियसभाको बैठक नबसेकाले विधेयक फिर्ता भएको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया