शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत घुससहित पक्राउ

प्रकाशित मिति:

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख (शाखा अधिकृत) धनबहादुर वली घुससहित पक्राउ परेका छन्। वलीले शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस लिँदै गरेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई २५ हजार घुससहित पक्राउ गरेको हो।उनी कार्यालय परिसरबाटै घुस लिदाँ लिँदै पक्राउ परेका हुन्।