मर्चवारी गाउँपालिका वडा नम्बर ६ मा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मर्चवार – मर्चवारी गाउँपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०७५/२०७६ मा सम्पन्न विभिन्न योजनाहरुमा भएको आम्दानी खर्च सार्बजनिक गर्नको लागि सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष रामअचल कुर्मिको अध्यक्षता,जिल्ला समन्वय समितिका सदस्य छोटेलाल हरिजनको प्रमुख आथित्यता, सञ्चारकर्मी जगत पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा अस्मिता पौडेल ,चन्द्रिका हरिजन,संगिता हरिजन,उपभोक्ता समितिका राजकुमार यादव ,सुमिन्दर चमार,बिनोद कुर्मि लगाएतले आफ्नो भनाई राखेका थिए ।

दलित सामुदायिक बिकास केन्द्र रायपुरको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा वडा सचीव गुलाब यादवले गाउँपालिका बाट प्राप्त १ करोड २६ लाख ,सामाजिक सुरक्षा तर्फ ७३ लाख २० हजार ,सान्सद बिकास कोषबाट २२ लाख,प्रदेश सरकार बाट ४५ लाख बराबरका योजनाहरु सम्पन्न भएको जानकारी गराए ।