अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी सुरु

प्रकाशित मिति:

अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी सुरु गरेको छ । दूतावासले अष्ट्रेलियामा रहेका सबै अवैतनिक दूतहरुलाई निर्देशन जारी गरेर सूचना संकलन गर्न भनेको छ ।

दूतावासले सबैलाई औपचारिक इमेल मार्फत स्थानीय संघसंस्थाहरुसँग समन्वय गरेर सबै नेपालीहरुको जानकारी र सूचना एक सातासम्ममा दिनका लािग अवैतनिक वाणिज्य दूतावासहरुलाई निर्देशन दिएको हो। दूतावासको निर्देशनमा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका र उद्दार अथवा नेपाल फिर्तीका लागि सहयोग आवश्यक भएका कुनै नेपालीहरु भए सूचना दिन भनेको छ। दूतावाससँग अहिलेसम्म नेपालीहरुको कुनैपनि तथ्यांकहरु नभएकाले तथ्यांक संकलन सुरु गरिएको बताइएको छ।