सैनामैना नगरपालिकाको बजेट ९० करोड ८५ लाख ५१ हजार

प्रकाशित मिति:

कृृष्ण भण्डारी/सैनामैना – सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६०७७ को लागि रु. ९० करोड ८५ लाख ५१ हजार रुपैया बजेट सर्वजानिक गरेको छ । आज सैनामैना नगरपालिकाको पाचौ नगरसभाबाट सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले कुल रु. ९० करोड ८५ लाख ५१ हजार बजेट पेश गर्नुभएको हो । बजेटमा शिक्षा, स्वस्थ्य, कृषि, पुर्वधार, पर्यटनलाई मुख्य प्रथामिकता दिएको छ ।

बजेटको पूर्ण पाठ – 

यस गरिमामय नगरसभाका सभाध्यक्ष महोदय,
नगर सभाका सदस्यहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरु,

सैनामैना नगरपालिकाको नगर सभामा आर्थिक बर्ष ०७६÷०७७ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा गौरवान्वित भएको छु ।
यस अवसरमा राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । जन आन्दोलनका घाइतेहरु, द्वन्द्वपीडितहरु तथा सम्पूर्ण ज्ञात अज्ञात व्यक्तिहरुको योगदानलाई उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।

वाार्षिक बजेट तयार गर्दा नगरपालिकाको नीति तथा कार्यक्रमलाई महत्वपूर्ण औजारको रुपमा लिइएको छ । सैनामैना नगरवासीको चाहना अनुरुप आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्न नगरवासीको आवश्यकतालाई बजेटमा आत्मसात गर्ने प्रयत्न गरेको छु । आर्थिक विकासका संवाहकको प्रभावकारी उपयोग गर्दै पूर्वाधार विकास र सामाजिक विकासलाई उच्च प्राथमिकता दिई “समृद्ध सैनामैना नगर” बनाउने लक्ष्य लिएको छु । क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुने गरी दीर्घकालिन रुपमा प्रतिफल दिन सक्ने योजनाहरु कार्यान्वयन गर्न श्रोत, साधन, प्रविधि, जनशक्ति आदिको प्रभावकारी र कुशल रुपमा उपयोग गर्ने रणनीति अबलम्बन गरेको छु ।

बजेट विनियोजनमा स्थानीय टोलवासीको माग, वडा समिति, विषयगत समितिहरु, राजश्व परामर्श समिति समेतको सिफारिसको आधारमा योजनाको प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको छु । सिमित स्रोत साधनबाट नगरवासीका असिमित आवश्यकता एकैपटक पूरा गर्न नसकिने हुँदा यस बजेटमा छिटो सम्पन्न हुने, बढी प्रतिफल दिने तथा बढी जनसहभागिता जुटाउन सकिने खालका योजनाहरुलाई प्राथमिकता दिएको छु । राज्य पुनसंरचना पछि विकासका कार्यले गति लिएसँगै सैनामैना नगरपालिकामा पुर्वाधार विकास र सामाजिक आर्थिक विकास तर्फ उल्लेखनीय कार्य भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ लाई विकास योजना कार्यान्वयन वर्षको रुपमा लिएको छु ।

आ.व. २०७५÷०७६ मा आन्तरिक श्रोत तर्फ रु. ९ करोड ६० लाख ६२ हजार ५ सय अनुमान गरेकोमा हालसम्म रु. ७ करोड ४७ लाख ४८ हजार ७ सय ८४ आम्दानी भएको छ भने नेपाल सरकार बाट प्राप्त अनुदान ४९ करोड ६८ लाख ९८ हजार ७ सय २६ रुपैया ७८ पैसा र प्रदेश सरकार बाट ९३ लाख ९ हजार तथा गत वर्षको अल्या बाट १० करोड ८० लाख १८ हजार ४ सय ६८ रुपैया गरी कुल रु ७६ करोड २५ लाख २३ हजार ७ सय ७२ रुपैया ७८ पैसा आम्दानी भएको छ । आ.व. ०७५÷०७६ भौतिक पूर्वाधार निर्माण आधार वर्षको रुपमा रह्यो । योजना कार्यान्वयन तर्फ विभिन्न वडागत योजना तथा कार्यक्रमहरु सम्पन्न हुने अन्तिम चरणमा रहेका छन् ।

समपुरक अनुदानबाट संचालित योजनाहरु यसै आ.व. मा सम्पन्न हुने चरणमा रहेका छन् । पुर्वाधार निर्माण तर्फ ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ । ५ किलोमिटर कालोपत्रे सडक, २५ किलोमिटर स्तरउन्नत, ९ बटा कल्भर्ट निर्माण, ५.१८० कि.मि. नाली निर्माण, मन्दिर र डिउहार निर्माण संख्या ४, तारवार ४०० मिटर, कम्पाउण्ड वाल ८४४ मिटर, आर्चरी खेलको ट्रस निर्माण र स्थरउन्नत १, , डिप बोरिङ्ग २, विद्यूत पोल २२० थान, ट्रान्सफर्मर १ थान, ह्युम पाईप २०० मिटर र २५ भवन पुर्वाधार निर्माण तथा मर्मत कार्य सम्पन्न भईसकेको छ भने वडा नं. ४ मुर्गियामा रहेको खेल मैदान प्रदेश सरकारको सहयोगमा कम्पाउण्डवाल सहित स्तरउन्नत भईरहेको छ । संघीय सरकारको ३० लाखको सहयोगमा वडा नं. ७ मा रहेको गौतमवुद्ध क्रिकेट मैदानको पिच र शौचालय निर्माण कार्य भईरहेको छ साथै वडा नं. ३ मा निर्माणाधिन कवर्ड हल अन्तिम चरणमा पुगेको छ ।

नगरको प्रशासनिक भवन थप निर्माण कार्य अगाडि बढेको छ । वडा नं. ३ मा रहेको लामीरहको पूर्व सम्भाव्यता अध्ययन र भौगर्भिक सर्भे सम्पन्न भइसकेको छ । नेपाल सरकारबाट सैनामैना क्षेत्रलाई प्रमुख गन्तव्य स्थलको रुपमा घोषणा भई उक्त ऐतिहासिक, पुरातात्विक स्थलको संरक्षण र सम्वद्र्धनको कार्य अगाडि बढीरहेको छ । दानव नदीको कर्साघाटमा निर्माणधिन पुल, दक्षिण बरौली र जर्लैया जोड्ने कन्चन नदीको पुल, सैनामैना र पाल्पा जोड्ने र्इंगुरिया पुल जस्ता योजना तीब्र गतिमा निर्माण कार्य अघि बढीरहेका छन् । नगरस्तरीय योजना अन्तर्गत प्राकृतिक चिकित्सालय निर्माण, सर्प दंश अस्पताल निर्माण जस्ता योजनाहरुको तिव्र रुपमा कार्य भइरहेको छ । सर्पदंश उपचार केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ७ नं. वडा कार्यालय निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ । विद्यालय सुधार र शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयको भौतिक सुधार र प्रविधिमैत्री विद्यालय वनाउने कार्य उल्लेखनीय रुपमा अघि बढि रहेको छ । स्थानीय सरकार संचालनको लागि आवश्यक पर्ने ऐन, नियम, निर्देशिका र कार्यविधि निर्माण भइरहेका छन् ।

क्षमता विकास तथा स्वरोजगार कार्यक्रम अन्तर्गत कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी सँग सम्झौता भई १०७ जना लक्षित समुदायका व्यक्तिहरुलाई १८ महिने अटो मोवाइल, ईलेक्ट्रिकल र मेकानिकल विषयका तालिम सञ्चालन भईरहेका छन् भने विभिन्न संघ संस्था र नगरपालिकाको आयोजनामा विभिन्न लक्षित कार्यक्रमहरु सम्पन्न भएका छन् ।

नगरक्षेत्र भित्र लो भोल्टेजको कारणबाट हुने विद्युतीय समस्या समाधान गर्न विभिन्न स्थानमा ट्रान्सफर्मर जडान भएका छन् भने माग भए बमोजिम विद्युत पोल, तार खरिद गरी विद्युत वितरण केन्द्र मार्फत विद्युत विस्तार कार्यलाई तिव्रता दिइएको छ । नगरपालिकाको पहलमा रु. १९ करोडको लागतमा वडा नं. ९ पिपलडाडामा सव स्टेशनको पुनः ठेक्का लगाउने कार्य अगाडि बढेको छ ।

११० वटा टोल विकास संस्था र वडा तथा नगर स्तरीय वाल क्लव गठन भई क्रियासिल रहेका छन् । टोल विकास संस्थाको सक्रिय सहभागितामा अव्यवस्थित तथा व्यवस्थित जग्गाको लगत सङ्कलन भई आए बमोजिम हाल सफ्टवेयरमा प्रविष्ट भइ कार्यान्वयनमा आएको छ । सैनामैना मेयरकप फूटवल खेल सम्पन्न भइसकेको छ । फोहोरमैला व्यवस्थापनको लागि २०७५ मंसिर १ देखि ५ वर्षे सम्झौता भई कार्यान्वयनमा आएको छ ।

नगरवाट प्रवाह गर्ने सेवा लाई प्रविधिमैत्री वनाइएको छ । नगरपालिकामा सि.सि. क्यामरा तथा नगरपालिका, विषयगत शाखा वडा कार्यालय र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा विद्युतीय हाजिरी जडान भई कार्यान्वयनमा आइसकेको छ । भवन संहिता कार्यान्वयन गर्ने सम्बन्धमा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल सँगको सहकार्यमा निर्माण व्यवसायीहरुलाई ३ चरणमा ७ दिने डकर्मी तालिम प्रदान गरिएको छ । कर्मचारी र जनप्रतिनिधिहरुको अभिमुखिकरण तालिम सम्पन्न भई सेवा प्रवाहमा सुधार भएको छ । साथै उपभोक्ताको हितलाई मध्यनगर गरी बजार अनुगमन गर्ने कार्यलाई सरोकारवालाको सहभागितामा अगाडि बढाइएको छ ।

न्यायिक समिति र मेलमिलापकर्ता लाई तालिम दिई नगर तथा वडास्तर बाटै मेलमिलापको माध्यमबाट न्यायिक निरुपण भइरहेको छ । नगर भित्र कृषि तथा पशु विकास तर्फका कार्यक्रमहरु अन्तिम चरणमा पुगेका छन् । पशु सेवा तर्फ प्रदेश सरकार समेतको सहभागितामा ५४ वटा गोठ सुधारका कार्यक्रम सम्पन्न हुने चरणमा छन् । मिल्क क्यान ५, विद्युतीय च्यापकटर २०, उत्कृष्ट पशुपंक्षी पालक व्यवसायी किसान ४ जनालाई रु १÷१ लाख अनुदान, सहकार्यमा साईलोपिट निर्माण, २, ५०० लिटर क्षमताको चिलिङ्ग भ्याट २ थान वितरण गरिएको छ । भ्यागुते र चरचरे, खोरेत रोग विरुद्धको खोप सञ्चालन, करिव दश हजार भेडा बाख्रामा पि.पि.आर भ्याक्सिन, व्यवसायीक पशुपालन कृषकहरुलाई बर्षिम, सुडान, टीओसेन्टी र जै जातका घाँसको विऊ वितरण र ३३३४ पशुमा कृत्रिम गर्भाधान गराईएको छ ।

कृषि तर्फ ७५ क्वीन्टल उन्नत जातको धानको विउ, ७० क्वीन्टल गहुँको विउ, ५ क्वीन्टल मकै, ४ क्वीन्टल तोरी, ३ क्वीन्टल मसुरो, ५० के.जी. रहर, ११५ के.जि. मुङ, १०० केजी बोडि, ०.५ के.जि. टि.पि.एस.आलुको विया, २००० दाना पि.भि.एस आलुको विउ, ३५० पाकेट पुष्प विउ सिड किट, ६५० के.जी. माटो सुधारका लागि ढंैचा किट, १२०० थान केरा विरुवा टिस्यूकल्चर जिनाइन, ३ हेक्टर जग्गामा पोखरी निर्माण, २००० पाकेट कन्य च्याउको विऊ वितरण र ७ ओटा कृषक तालिम सम्पन्न भएका छन् । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्य अनलाईन प्रणाली मार्फत सबै वडा कार्यालयबाट भइरहेको छ । सामाजिक सुरक्षा तर्फ ५ हजार ९ सय ८८ जना लाभग्राहीलाई ९ करोड ७८ लाख ४६ हजार रकम बैंक मार्फत वितरण गरिएको छ ।

सभाध्यक्ष महोदय,
उपलब्ध स्रोत साधन र विभिन्न सम्भावनाको वावजुद यस नगरपालिकामा देहायका चुनौतीहरु विद्यमान छन ।
(क) नगरपालिका क्षेत्रभित्रको अव्यवस्थित जग्गालाई व्यवस्थापन गर्नु ।
(ख) नदी नियन्त्रण तथा तटबन्ध गर्नु ।
(ग) भवन संहिताको प्रभावकारी कार्यान्वयन गरी सुरक्षित घर निर्माण गर्नु ।
(घ) अव्यवस्थित शहरीकरणलाई व्यवस्थापन गर्नु ।
(ङ) अव्यवस्थित प्लटिङ रोक्का गरी भू–उपयोग नीति र योजनाका आधारमा जमिनको उपयोग गर्नु ।
(च) समाजमा बढ्दो रुपमा रहेको लागु औषध दुव्र्यसनीलाई नियन्त्रण गर्नु ।
(छ) नगरभित्रका सम्पूर्ण सडकलाई तोकिएको मापदण्ड बमोजिम फराकिलो र व्यवस्थित गरी हरित सडकको रुपमा विकास गर्नु ।
(ज) कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गरी गरिबी तथा वेरोजगारी समस्यालाई न्यूनीकरण गरी आत्मनिर्भर नगर बनाउनु ।
(झ) सिमित स्रोत, साधनवाट नगरबासीका असिमित आवश्यकतालाई पूर्ति गर्नु ।

सभाध्यक्ष महोदय, उपरोक्त चुनौतीहरुको वावजुत नगरका जनताको समृद्धिकोे सपना साकार पार्नु हाम्रो दायित्व हो । उक्त दायित्व पूरा गर्न आ.व. २०७६÷०७७ को बजेटमा देहायका उद्देश्यहरु अँगालिएको छ ।
(१) नेपालको संविधानले निर्दिष्ट गरेका प्रावधानहरुलाई अक्षरशः कार्यान्वयन गरी जनतालाई संंघीयताको अनुभूति दिलाउनु ।
(२) नगरको बिकासमा जनताको सहभागिता र अपनत्व महसुस गराउनु ।
(३) जनताको माग र नगरको प्राथमिकता वमोजिम विकास व्यवस्थापन गर्नु ।
(४) सुशासन र सुरक्षाको प्रत्याभूति दिलाउनु ।
(५) सूचना प्रविधिको विकास सँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार गर्नु ।
(६) सेवा प्रवाहलाई सरलीकृत र छिटो छरितो बनाउनु ।
(७) निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी एकीकृत कृषि प्रणालीलाई अवलम्बन गर्न कृषकलाई प्रोत्साहन गर्नु ।
(८) उद्यमशील कृषि र पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर वनाउन सहयोग गर्नु ।
(९) ब्यवस्थित शहरीकरणको लागि दीर्घकालीन नीति तथा मापदण्ड बनाई “सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका” भन्ने अभियानलाई पूर्णता प्रदान गर्नु ।
(१०) प्राविधिक शिक्षा र सिपमूलक तालिमको माध्यमबाट रोजगार तथा स्वरोजगार बनाई जनताको जिवनस्तर सुधार गर्नु ।
(११) जनतालाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु ।
(१२) नेपालको गन्तव्य सूचीमा परेको सैनामैना क्षेत्रको प्रचार प्रसार गरी विश्व सामु चिनाउनु ।
(१३) अन्तरराष्ट्रिय सम्बन्ध कायम राख्नु ।

योजना र कार्यक्रमहरुलाई नागरिकको आवश्यकता र समयानुकुल बनाउन तथा बजेट कार्यान्वयनमा प्रभावकारीता ल्याउन बजेट तथा कार्यक्रममा समावेश भएका योजना, कार्यक्रमहरुलाई निम्न आधारमा प्राथमिकीकरण गरी प्रस्तुत गरेको छु ।
(१) पुर्वाधार विकास र स्वरोजगारीको माध्यमबाट गरिबी न्यूनीकरणमा योगदान पुर्याउने,
(२) उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त हुने,
(३) राजस्व परिचालनमा योगदान पु¥याउने,
(४) सेवा प्रवाह, संस्थागत विकास र सुशासन प्रबद्र्धनमा सहयोग पु¥याउने,
(५) स्थानीय स्रोत साधन र सीपबाट सञ्चालन हुने तथा लागत सहभागितामा
अभिवृद्धि गर्ने,
(६) लैगिंक समानता, सामाजिक समावेशीकरणको माध्यमबाट पिछडिएका वर्ग
तथा समूदायलाई राज्यको मुलधारमा ल्याउने ,
(७) दिगो विकास र वातावरण संरक्षणमा योगदान पु¥याउने,
(८) स्वस्थ, शिक्षित र अनुशासित सामाजको विकासमा जोड दिने,
(९) विशेष संस्कृति र जातीय पहिचान संरक्षण र प्रवद्र्धन गर्ने,
(१०) नागरिक स्तरबाट उठान भएका आवश्यकता एवं अपेक्षाहरुको संवोधन गर्ने,
सभाध्यक्ष महोदय,
संवत २०७६ साल आषाढ ६ गतेका दिन नगरसभाले स्वीकृत गरेको आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम, नेपालको संविधानको अनुसूची ८ र ९ मा उल्लेखित स्थानीय तहको एकल तथा साझा अधिकारको सूची,मौलिक हकहरु, संघीय सरकार र प्रदेश सरकारले अंगिकार गरेको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरु जस्ता विषयलाई आधार लिई आ.व. ०७६÷०७७ को बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । नगरपालिकामा भएका विनियोजन सम्बन्धी विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।
(१) कृषि, पशुपालन तथा सहकारी –  कृषि क्षेत्रलाई प्राथमिकता दिई लगानीमैत्री वातावरण सृजना गरी जनतालाई आत्मनिर्भर बनाउनेतर्फ विशेष जोड दिएको छु । स्वरोजगार र उद्यमशिलता अभिवृद्धि गरी सैनामैनावासीहरुको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभूति गराउने खालका कार्यक्रमहरु क्रमशः कार्यान्वयन गर्न कृषि क्षेत्रमा दिंदै आएको विभिन्न अनुदानलाई बृद्धि गरेको छु ।  कृषि उत्पादकत्व वृद्धि, कृषि कार्यमा सुधार, बजारीकरण, यान्त्रिकरण, एकीकृत वैज्ञानिक कृषि प्रणाली लागु गर्दै करार, सहकारी तथा सामुहिक खेतिलाई प्रोत्साहन गर्न सरकारबाट दिइने अनुदान सहकारी तथा सामूहिक खेती प्रणालीलाई प्राथमिकता दिएको छु ।

कृषियोग्य जमिनको चक्लावन्दी लाई प्रोत्साहन, गैरकानुनी खण्डिकरणलाई नियन्त्रण र सहकारीहरुलाई एकिकृत गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छु । एकीकृत सहकारीहरुले गर्ने सहकारी खेती, उद्योग तथा व्यापारको क्षेत्रमा प्राथमिकता दिई बाणिज्य बैंकहरुको समन्वयमा ३ प्रतिशत व्याजदरमा ऋण र कृषि अनुदान उपलब्ध गराउने व्यवस्था मिलाएको छु । साथै मर्ज गरिएका सहकारीहरुलाई औद्योगिक ग्राम क्षेत्र भित्र उद्योग सञ्चालनको लागि आवश्यक जग्गा उपलव्ध गराउने व्यवस्था मिलाएको छु ।

माछा, मासु, दुध, अण्डा जस्ता क्षेत्रमा नगरपालिका आत्मनिर्भर भईसकेकोले यसको व्यवसायिकरण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छु । कृषिमा दिइने अनुदान कार्यलाई भू–उपयोग योजनाले निर्दिष्ट गरेका कृषिको सुपर जोन, कृषि जोन र व्यवसायीक कृषि क्षेत्रमा केन्द्रित गरी अनुदान र सहुलियत उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु । प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. ३ मा स्मार्ट कुखुरा पालन, वडा नं. ६ र ११ मा स्मार्ट पशुपालनको लागि सञ्चालित कृषि ग्राम कार्यक्रमलाई निरन्तरता दिन बजेटको व्यवस्था गरेको छु । व्यवसायिक कृषि तथा पशुपंछीपालक कृषकको क्षतिलाई न्यूनिकरण गर्न कृषि तथा पशुपालन क्षेत्रमा अनिवार्य विमा गर्ने व्यवस्था मिलाएको छु । पशुपालक कृषकहरुलाई नश्ल सुधारको लागि उन्नत जातको सिमेन उपलब्ध गराउन बजेट विनियोजन गरेको छु ।
कृषि क्षेत्रको समग्र विकासको लागि रु. १ करोड ८८ लाख ४५ हजार विनियोजन गरेको छु ।

(२) शिक्षा तथा खेलकुद   उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयहरुलाई उपलब्धीको अधारमा विशेष अनुदानको व्यवस्था मिलाएको छु । आपूmले अध्यापन गर्ने विषयमा नगरस्तरमा उत्कृष्ट नतिजा हासिल गराउने विषय शिक्षकहरु मध्ये तहगत रुपमा उत्कृष्ट शिक्षक छनोट गरी “वर्ष शिक्षक” घोषणा गरी पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिएको छु । कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्न आवश्यक वजेटको व्यवस्था गरेको छु ।  नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा भर्नादर बढाउन तथा विद्यालय छाडने दर घटाउनका लागि अति विपन्न वर्गका बाल(वालिकालाई प्रोत्साहन गर्ने कार्यक्रमहरु समावेश गरेको छु ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन ई–क्लास सञ्चालन र व्यवस्थापनको लागि शिक्षकलाई आईसिटीको प्रयोग सम्बन्धी तालिमको व्यवस्था गरेको छु । सबै सामुदायिक विद्यालयका साना कक्षाहरुलाई बालमैत्री कक्षा व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु । सबै सामुदायिक विद्यालयमा उच्च प्रविधियुक्त फिल्टर जडान गरि स्वच्छ पिउने पानी र विद्यालयमा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाएको छु । विद्यालयहरुलाई सरसफाई तथा रङ्गरोगनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।  विद्यालयलाई सुर्तिजन्य पदार्थ तथा जंङ्कफुड निषेधित क्षेत्र बनाइनेछ । कक्षा ५ सम्म अध्ययनरत साना बालबालिकालाई घरमै तयार गरिएको खाजा खाने वानीको विकासको लागि टिफिन बक्स वितरण गर्ने व्यवस्था मिलाएको छु ।

विद्यालय पढने उमेर नाघेका र प्राविधिक शिक्षा आर्जन गर्न चाहने युवालाई प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।  कक्षा ११ र १२ लाई दिउसोमा कक्षा सञ्चालन गरिनेछ । यस कार्यको लागि विद्यालयलाई आवश्यक पर्ने कक्षा कोठा र फर्निचर निर्माणको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।  “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” अभियानलाई सार्थक बनाउन वडा नं. ७ लमटैयामा प्रारम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डिपिआर तयार गरी पूर्वाधार निर्माणको कार्य अगाडि बढाउने व्यवस्था मिलाएको छु । युवाहरुलाई खेलकुद तर्फ प्रोत्साहित गर्न विगत वर्ष देखि शुरु गरिएको नगरस्तरीय मेयर कप र नगरभित्रका युवा तथा विद्यार्थीहरुलाई लक्षित गरी नगरस्तरीय खेल सप्ताहलाई निरन्तरता दिएको छु ।

. प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा सैनामैना १ मा निर्माणाधिन रहेको इनडोर आउटडोर सहितको खेलकुद मैदान र वडा नं. ४ मा निर्माण सुरु गरिएको फुटवल रङ्गशाला निर्माण कार्यलाई निरन्तरता दिएको छु । वडा नं. १० को कन्चन प्रा.वि.को पश्चिमपट्टीको खेलकुद मैदान र वडा नं. ११ को महेरवादेवी आधारभूत विद्यालयको पश्चिमपट्टी रहेको खेलकुल मैदानलाई स्तरोन्नती गर्न वजेट विनियोजन गरेको छु । वडा नं. ३ मा निर्माणाधिन कभर्डहलको काम भैरहेको हुदा यसलाई राष्ट्रिय स्तरको व्याडमिन्टन खेल खेल्नमिल्ने गरी कार्य अगाडि बढाएको छु । बाँकी पुर्वाधार निर्माणको लागि आवश्यक वजेटको व्यवस्था मिलाएको छु । शिक्षा तथा खेलकुद तर्फ रु. १७ करोड २७ लाख ७ हजार विनियोजन गरेको छु ।

(३) स्वास्थ्य –  “शारीरिक, मानसिक, सामाजिक रुपमा स्वस्थ जन सैनामैनाको धन” भन्ने नारालाई साकार पार्न संघीय सरकार मार्फत स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप विशेषज्ञ सहितको सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएकोे छु । वडा नं. १ वनकट्टामा रहेको प्राकृतिक चिकित्सा केन्द्रलाई प्राकृतिक तथा आयुर्वेदिक अस्पतालको रुपमा विकास गर्न र वडा नं. ११ मा रहेको सर्पदंश अस्पताल र सालझण्डी स्वास्थ्य चौकीलाई एकीकृत गरि दुवै स्वास्थ्य संस्थाहरुलाई सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छु । पर्रोहा स्वास्थ्य चौकीमा एम.वि.वि.एस. डाक्टर सहितको सेवा सञ्चालन भैसकेकोेले उक्त सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणको व्यवस्था मिलाएको छु ।

पर्रोहा बर्थिङ्ग सेन्टरमा सञ्चालित २४ घण्टे प्रसुति सेवालाई व्यवस्थित गरिनेछ, नगरपालिकाका वडा नं. १, ३, ५, ८, ९ र ११ मा शहरी स्वास्थ्य केन्द्र निर्माणको कार्य सम्पन्न गर्ने व्यवस्था मिलाएको छु । प्रसुती गराउने महिला र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको छु । महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोष स्थापना गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।  स्वास्थ्य विमा, सुरक्षित गर्भपतन, मुटुरोग, क्यान्सर, मधुमेह, रक्तचाप र क्षयरोग जस्ता रोगहरुको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नेे खालका कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । उच्च रक्तचाप, मधुमेह, टि.बी, कुष्टरोग, मलेरिया, फाइलेरिया, टाइफाइट, कमलपित्त, झाडापखला, आ“ऊ र विभिन्न प्रकारका ज्वरो सहितका रोगहरुको लागि ५८ प्रकारका औषधीहरु निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था मिलाएको छु । स्वास्थ्य क्षेत्रका सम्पूर्ण कार्यक्रमहरु कार्यान्वयन गर्न रु २ करोड २७ लाख ४३ हजार विनियोजन गरेको छु ।

(४) खानेपानी तथा सरसफाई
नगरपालिकाका सम्पूर्ण नगरवासीहरुलाई सफा र स्वच्छ खानेपानीको व्यवस्था मिलाउन प्रदेश सरकारको सहयोगमा “एक घर एक धारा” कार्यक्रम सहित सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने गरी प्राथमिकताका साथ कार्य अगाडि बढाएको छु ।  “सफा घर, टोल र शहर सैनामैनावासीको एउटै रहर” अभियानलाई सार्थक बनाउन २०७५ साल जेठ ६ गते देखि फोहरमैलाको अल्पकालिन व्यवस्थापनको शुरुवात भइसकेकोले यसलाई थप व्यवस्थित गर्दै लैजान आवश्यक व्यवस्था मिलाएको छु । निजी क्षेत्रको सहयोगमा २०७५ मंसीर १ गते देखि फोहरमैला व्यवस्थापनको लागि ५ वर्षे सम्झौता भई कार्यान्वयनमा आइसकेको छ । दीर्घकालीन रुपमा ल्यान्डफिल साइट निर्माणको लागि डि.पि.आर समेत तयार भैसकेको हुदा यस आ.व. मा निर्माण कार्य आरम्भ गर्ने गरी वजेट विनियोजन गरेको छु । खानेपानी तथा सरसफाई क्षेत्रको सवै कार्यक्रमका लागि रु. १ करोड ४३ लाख विनियोजन गरेको छु ।

(५) योजना तथा पूर्वाधार विकास – “नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार” भन्ने नारालाई आत्मसाथ गरी नगर यातायात गुरु योजनाले तोकेको मापदण्ड पुरा गरेका सडक स्तरउन्नती, कच्ची सडकहरुलाई प्राथमिकताका आधारमा क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका गाउ“भित्रका परम्परागत सडकहरुको स्तरोन्नति गर्ने कार्यलाई आवश्यक वजेट विनियोजन गरेको छु ।  सडकको दिगो विकासको लागि नगर भित्रका कालोपत्रे सडकमा गुणस्तर कायम गर्न ३० फिट वा सो भन्दा बढी चौडाई भएका सडकहरुमा असफाल्ट प्रविधि अपनाइने व्यवस्था मिलाएको छु ।

वडा नं. १० मा निर्माणाधिन रहेको सालझण्डी ढोरपाटन बसपार्कको स्तरोन्नती गरी सञ्चालनमा ल्याउने गरी वजेटको व्यवस्था मिलाएको छु । प्रदेश सरकार समेतको सहभागितामा वडा नं. ३ र ८ मा निर्माणाधीन साप्ताहिक हाटबजारलाई सम्पन्न गर्नको लागि आवश्यक वजेटको व्यवस्था मिलाएको छु । वडा नं. १० सालझण्डीमा रहेका हाटबजारलाई स्थानान्तरण गर्ने गरी पानवारीको भाटामा हाटबजार निर्माण कार्य अगाडि वढाउने गरी आवश्यक वजेटको व्यवस्था मिलाएको छु । एकता टोलबाट राष्ट्रिय मा.वि.जाने बाटोमा पुल निर्माण, वडा नं. ११ को राजापानी पर्यटकीय क्षेत्र र वनकट्टी ग्रिनपार्क, वडा नं. ९ मा वालउद्यान र सहिदपार्क, वडा नं. ५ थारु संग्राहालय, वडा नं. ३ मुर्गिया हाटबजार र दूर्गा मन्दिर क्षेत्रलाई समावेश गरी आधुनिक पार्क, वडा नं. १ समावेशी पार्क, संघ, प्रदेश र नगरस्तरीय योजनामा नपरेका ठूला सडकहरु, इंगुरीया, बन्द्राहा, तुल्बुलीया, बौराहा, पहिला खोलामा दोहोरो तटबन्ध, रिक्रेसन सेन्टर सहितको वाटर फन पार्क तथा मुर्गिया, कलौनी र सालझण्डीमा व्यवसायिक भवन निर्माणको लागि डि.पि.आर. तयार गर्न वजेटको व्यवस्था गरेको छु ।  धार्मिक तथा पर्यटकीय स्थानहरुमा जाने सडकहरुलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने व्यवस्था मिलाएको छु । प्रदेश र नगरपालिकाको सहकार्यमा मेजर सडक कालोपत्रे गर्ने कार्यलाई यस आ.व. मा पनि निरन्तरता दिएको छु ।

चुरे पहाड र सो सँग जोडिएका वस्तीहरु छुट्टिने गरी वडा नं. १ सैनामैना क्षेत्र देखि वडा नं. २,३,५,६,९ हुँदै वडा नं. १० को खोरमोर खोला सम्म ३० फुटको सडक निर्माणको लागि डि.पि.आर. तयार गरी कार्य अगाडि बढाउने व्यवस्था मिलाएको छु । पर्यटन प्रवद्र्धनको लागि कोशेढुङ्गाको रुपमा रहेको सैनामैना वडा नं. ३ मा अवस्थित लामीरहको बहुउद्देश्य बा“धको पूर्व सम्भाव्यता अध्ययन तथा भौगर्भिक सर्भे समेत सम्पन्न भइसकेको जलाशय निर्माण योजनाको डिपिआर तयार गर्न प्रदेश योजनामा समावेश गर्ने व्यवस्था मिलाएको छु ।

कर्साघाट शवदाह गृहलाई थप व्यवस्थित गर्नुको साथै वडा नं. ९ गुरुङ्गडाँडामा रहेको सामाजिक संस्कार क्षेत्रलाई समेत व्यवस्थित गर्ने गरि वजेटको व्यवस्था मिलाएको छु ।  सैनामैना नगरपालिका वडा नं. ८ को मेजर सडक देखि उत्तर र चक्रपथ देखि दक्षिण अन्दाजी २५० बिगाहा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण संहिताले निर्धारण गरेको मापदण्ड अनुसार व्यवस्थित, सुन्दर र सुविधा सम्पन्न नमूना वस्ती विकास (त्यधल एबिलष्लन) को लागि बजेटको व्यवस्था मिलाएको छु । नमूना वस्ती विकासको लागि निजी क्षेत्रको सक्रिय लगानीलाई प्रोत्साहन गर्न उपर्युक्त भू उपयोग मापदण्ड निर्माण गरि समयमै कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाएको छु । सैनामैना भवन निर्माण संहिता समयानुकुल परिमार्जन गरी लागू गर्ने, नक्शा पास प्रकृयालाई सरलीकृत गर्ने, पुराना घरको नक्सा नियमित गर्ने कार्यलाई घुम्ती शिविर मार्फत प्रभावकारी बनाउन, संघीय सरकार र नगरपालिकाको लागत साझेदारीमा सैनामैना ११ मा निर्माण सुरु गरिएको तराई मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था मिलाएको छु । नगरपालिकाको उपयुक्त स्थानमा सीप विकास प्रतिष्ठानको स्थापना गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु ।

नगरपालिका क्षेत्रभित्रका फिल्ड र नक्सामा, क्षेत्रफल तथा साइट नमिली फरक परेका वडा नं. २ मुर्धनी, वडा नं. ४ अस्नैयाडाडा, वडा नं. ८ बाँसगढी र सालझण्डीका जग्गाहरुको हकमा नापी कार्यालय तथा नापी विभागसँग समन्वय गरि फिल्ड अनुसार नक्सा कायम हुने गरी पुन नापी गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।

नगरपालिका क्षेत्रभित्र भएका वेदर्ता(अव्यवस्थित) जग्गाहरुलाई व्यक्ति वा संस्थाहरुले नगरपालिकामा पेश गरेको विवरण वमोजिम भए नभएको सम्बन्धमा नापी टोली खटाइर्, ग्रीडमा जोडी, नापजाँच गरि अभिलेख दुरुस्त गर्ने र नगरक्षेत्र भित्रका सार्वजनिक कुलो, घोला, गौचरण, नदी उकास, पोखरी, खेलकुद क्षेत्र जस्ता सार्वजनिक जग्गाहरुको नापजाच गरी लगत राख्ने कार्यका लागि बजेट विनियोजन गरेको छु ।  नगरपालिका क्षेत्र भित्र नाप नक्सा गर्न छुटेका गाउँ ब्लक जग्गाहरुको नाप नक्सा गर्न, नापी कार्यालय तथा नापी विभागसंग समन्वय गरी उक्त कार्य सम्पन्न गर्ने व्यवस्था मिलाएको छु । डिजिटलाईज प्रविधिबाट नगर पाश्र्वचित्र तयार गर्ने, घर नम्वरिङ गर्ने तथा घरधुरी सम्बन्धी सम्पुर्ण तथ्याङ्कहरु एकीकृत रुपमा संकलन गरी सÏटवेयर प्रणालीमा राख्ने कार्यको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु । नेपाल विद्युत प्राधिकरणको सहयोगमा वडा नं. ९ मा १९ करोडको लागतमा बिद्युत सब–स्टेशन निर्माण कार्य शुरु गर्ने व्यवस्था मिलाएको छु । विद्युत लाइन जडान नभएका क्षेत्रमा लाइन विस्तार र विपन्नताको कारणले विद्युत मिटर जडान गर्न नसक्ने परिवारलाई निशुल्क विद्युत मिटर जडानको लागि वजेटको व्यवस्था मिलाएको छु । आफ्नै वडा कार्यालय नभएका वडा कार्यालयको वडा भवन निर्माणको लागि वजेट विनियोजन गरेको छु । माथि उल्लेखित सम्पूर्ण पुर्वाधार विकासको लागि रु ३२ करोड २९ लाख ५ हजार वजेट विनियोजन गरेको छु ।

(६) वन,वातावरण तथा विपद व्यवस्थापन १. नगर क्षेत्रभित्र रहेका सार्वजनिक स्थल र नदी किनारहरुमा स्थान अनुकूल वृक्षारोपण गर्न, वृक्षारोपण गरिएका बोट विरुवाहरु कटान हुन नदिन, जगंली जीव जन्तुको अवैध शिकार, चोरी निकासी तथा ओसारपसार रोक्न सामुदायिक वनहरुमा तारवार गर्ने कार्यको लागि वजेटको व्यवस्था गरेको छु । २. “एक घर दुई फलफूलको विरुवा” रोप्ने नीतिलाई निरन्तरता दिएको छु । मापदण्ड पूरा गरी नाली सहित कालोपत्रे सम्पन्न भइसकेका सडकको किनारामा मध्यम खालको बहुवर्षीय स्मृति वृक्ष रोप्ने कार्यलाई निरन्तरता दिएको छु । ३. नगरपालिका र सामुदायिक वनको सहकार्यमा सघन वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छु । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत मध्यनजर गरी स्थानीय वेरोजगार व्यक्तिहरुलाई बृक्षारोपण, तारवार, नाली र कम्पाउण्डवाल निर्माण, नदी नियन्त्रण गर्ने कार्यमा सहभागी गराउने गरी आवश्यक वजेटको व्यवस्था मिलाएको छु ।

४. बढ्दो जनसंख्याको कारण नगरका सार्वजनिक स्थल र प्राकृतिक सम्पदाहरुको अतिक्रमण बढ्दै गएकोले यसलाई नियमन र नियन्त्रण गर्न प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा गठित सार्वजनिक जग्गा संरक्षण उपसमितिलाई क्रियाशिल बनाई सम्बन्धित वडामा रहेको सार्वजनिक जग्गा, ताल, पोखरी, गौचरण लगायतका सार्वजनिक महत्वका क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गर्ने कार्यलाई निरन्तरता दिएको छु ।
५. नगर विपद् प्रतिकार्ययोजना बनाई नेपाली सेना, नेपाल प्रहरी, टोल विकास संस्था स्थानीय क्लब र रेडक्रससँग सहकार्य गरी विपद न्यूनिकरण एवम् व्यवस्थापनको क्रियाकलापलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक वजेटको व्यवस्था मिलाएको छु ।

६. अन्तर स्थानीय तहको समन्वय र सहकार्यमा वारुणयन्त्र र विपद् जोखिम न्युनिकरणका सामग्री सहितको अन्तर स्थानीय तह विपद् व्यवस्थापन केन्द्र स्थापना गरि सैनामैना नगरपालिका, सुद्धोधन गाउँपालिका, कन्चन गाउँपालिका र गैडहवा गाउँपालिकाको संयुक्त लगानीमा वारणयन्त्र सञ्चालनका लागि वजेटको व्यवस्था मिलाएको छु । वन वातावरण तथा विपद व्यवस्थापनको लागि रु २ करोड १२ लाख वजेट विनियोजन गरेको छु ।

(७) संस्कृति तथा पर्यटन १. आर्थिक वर्ष २०७६÷७७ मा सांस्कृतिक सहर निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएको छु ।

२. नेपालका विभिन्न पर्यटकीय स्थल मध्ये महत्वपूर्ण गन्तव्य स्थलको रुपमा रहेको सैनामैना क्षेत्रको इतिहास, भूगोल, धर्म र संस्कृतिलाई संरक्षण गर्ने कार्यक्रमहरु समावेश गरेको छु । सैनामैना क्षेत्र, पर्राेहा परमेश्वर वोलवमधाम, मलमला, महेरवादेवी, कोटियाथान लगायतका मठ मन्दिर, डिउहार, मस्जिद, गुम्बा, चर्चहरुको संरक्षण तथा सम्बद्र्धन गर्दै नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान र विकासका लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माण तथा प्रचार प्रसारका लागि वजेट विनियोजन गरेको छु । . प्रत्येक वर्ष हुदै आएका भड्छा महोत्सव, आदिवासी जनजाती महोत्सव र माघी मेलाको संचालनमा दिदै आएको सहयोगलाई निरन्तरता दिएको छु ।

साँस्कृतिक तथा पर्यटन क्षेत्रका उल्लेखित कार्यक्रमहरु सञ्चालन गर्नका लागि रु ८८ लाख ३० हजार विनियोजन गरेको छु ।

(८) सिंचाई तथा नदी नियन्त्रण – १. नगर भित्र रहेका परम्परागत कुलाहरु तथा नदीमा बा“ध बा“धी हुदै आएको सतह सिंचाइको लागि निर्मित कच्ची कुलाहरु पक्की निर्माण गर्न र प्रयोगमा नआएका सिंचाइका डिप ट्यूवेलहरुलाई मर्मत गरी प्रयोगमा ल्याउन आवश्यक वजेट विनियोजन गरेको छु ।

२. बिस्तृत सर्भे डिजाइन सम्पन्न भइसकेको सन्तानपुर सिंचाई योजनाको बा“ध निर्माण प्रदेश योजनामा समाबेश गरी निर्माण गर्ने व्यवस्था मिलाएको छु । नगरपालिका क्षेत्रभित्र पर्ने कन्चन र दानव नदीमा जनताको तटबन्धमार्फत दोहोरो तटबन्धन व्यवस्था मिलाएको छु । बा“की खोलाहरुमा भू तथा जलाधार व्यवस्थापन कार्यालय, पाल्पा र नगरपालिकाको साझेदारीमा दोहोरो तटबन्धनको गुरु योजना निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजन गरेको छु ।

३. इंगुरिया र कन्चन सिंचाई योजना प्रदेश सरकार मातहत जलस्रोत तथा सिंचाई विकास डिभिजन रुपन्देहीबाट योजनाको बा“की काम सम्पन्न गर्ने व्यवस्था मिलाएको छु । सिंचाई तथा नदी नियन्त्रणको लागि रु ३१ लाख ५० हजार बजेटको विनियोजन गरेको छु ।

(९) लैङ्गिक समानता र सामाजिक समावेशिकरण – १. घरेलु हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउन उच्च प्राथमिकता दिइने, महिला, अपांग र बालवालिका लक्षित कार्यक्रमहरु सम्बन्धित लक्षित समुदायको परामर्शमा तय गरी प्रभावकारी रुपमा लागु गर्नेे तथा अपाङ्ग परिचयपत्र घुम्ती शिविर मार्फत वितरण गर्ने कार्यलाई सरलीकृत गर्ने गरि आवश्यक वजेटको व्यवस्था मिलाएको छु ।

२. बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइसकेकोले निजहरुलाई परिचयपत्रको आधारमा थप सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छु । ३. समाजमा सकारात्मक सोंचको विकास गरी शान्ति र अमनचयन कायम गर्न, नेतृत्व तथा व्यक्तित्व विकासका लागि योग, ध्यान जस्ता कार्यक्रमहरु संचालन गर्न समुदायलाई प्रोत्साहन गर्न आवश्यक वजेट विनियोजन गरेको छु ।

४. सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत र प्रभावकारी बनाइनेछ । जेष्ठ नागरिक र अपाङ्ग नागरिकको भावनालाई कदर गर्दै प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. १ मा प्रदेश स्तरको जेष्ठ नागरिक ग्राम र अपाङ्ग ग्राम स्थापनाको व्यवस्था मिलाएको छु । हरेक वर्ष जेष्ठ नागरिकहरुलाई गरिदै आएको सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छु ।

५. वडा समिति, टोल विकास सँस्था, आमा समूह, स्थानीय क्लब, समुदाय र सुरक्षा निकायको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत समाजमा विद्यमान समस्याको रुपमा देखिएको लागु पदार्थ सेवन र दुव्र्यसन जस्ता कार्यक्रम न्यूनिकरणका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु । वडा तथा नगरस्तरीय वालक्लवहरुको क्षमता विकासको लागि कार्यक्रमहरु सञ्चालन गर्न वजेटको व्यवस्था मिलाएको छु ।

उपर्युक्त लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणका कार्यक्रम सञ्चालन गर्न रु. १ करोड ९० लाख २१ हजार विनियोजन गरेको छु ।

(१०) सार्वजनिक निजी साझेदारी- १. पर्यटन प्रवद्र्धनको लागि कोशेढुङ्गाको रुपमा रहेको पूर्व सम्भाव्यता अध्ययन भइसकेको सैनामैना वडा नं. ३ मा अवस्थित लामीरहको बहुउद्देश्यीय बा“ध एवम् जलाशय निर्माणको लागि जलस्रोत तथा सिंचाई विकास डिभिजन रुपन्देही मार्फत डिपिआर तयार गर्ने व्यवस्था मिलाएको छु ।

२. सार्वजनिक निजी साझेदारी वा अन्य सहयोग पहिचान गरी नगरक्षेत्रभित्र स्विमिङ पुल सहितको आधुनिक वाटर फन पार्क निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न बजेटको व्यवस्था गरेको छु ।

३. स्थानीय लागत सहभागितामा वडा नं. ४ को लखनपारामा सामाजिक सस्कार घर निर्माण गर्न बजेट विनियोजन गरेको छु ।
४. संघ, प्रदेश, नगर विकास कोष, दातृ संस्था र निजी क्षेत्रको साझेदारीमा महत्वपुर्ण योजना कार्यान्वयनको लागि साझेदारी कोषको व्यवस्था गरेको छु ।
सार्वजनिक नीजि साझेदारी कार्यक्रमको लागि रु. २ करोड विनियोजन गरेको छु ।

(११) उद्योग तथा वाणिज्य- १. सैनामैना ७ लम्टैयामा पूर्वाधार सहितको औद्योगिक ग्राम स्थापनाको लागि पूर्व सम्भाव्यता अध्ययन भइसकेकोले विस्तृत सम्भाव्यता अध्ययन गरी नेपाल सरकार उद्योग मन्त्रालयको सहयोगमा औद्योगिक ग्राम निर्माणको प्रकृया अगाडि बढाएको छु । २. सैनामैना उद्योग बाणिज्य संघ र सैनामैना व्यापार संघबाट प्रत्येक वर्ष सञ्चालन हुदै आएको कृषि तथा पर्यटन महोत्सवलाई निरन्तरता दिने गरि बजेटको व्यवस्था मिलाएको छु । ३. नगरपालिका क्षेत्र भित्र उद्योग र व्यापार क्षेत्रमा उल्लेखनिय योगदान गरि सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिएको छु । ४. प्रदेश सरकार मातहत रहेको घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देही मार्फत सञ्चालन हुनेगरी रुपन्देही जिल्लाका २ वटा स्थानीय तह मध्ये यस नगरपालिका छनौट भई उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।

उद्योग तथा वाणिज्यलाई प्रोत्साहन गर्न तथा औद्योगिक क्रियाकलापहरु सञ्चालन गर्न नेपाल सरकारबाट विनियोजित रकम बाहेक उद्योग तथा वाणिज्य तर्फ रु. ७ लाख २० हजार रकम विनियोजन गरेको छु ।

(१२) राजश्व प्रशासन तथा आर्थिक सुधार १. आन्तरिक स्रोत तर्फ आयमा वृद्धि गर्न करका दरहरु नभई दायराहरु फराकिलो गर्ने गरी कानुनी व्यवस्था मिलाएको छु । घर जग्गा बहाल कर असुली कार्यको शुरुवातका लागि सम्पत्ति कर, व्यवसाय कर र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरुसँग एक आपसमा आवद्ध गरी असुली प्रक्रियालाई अनिवार्य, व्यवस्थित र प्रभावकारी रुपमा परिचालन गर्न राजश्वसँग सम्वन्धित राजश्व शाखाका कर्मचारी, वडाका कर्मचारी, वडा समितिका पदाधिकारी र टोल विकास संस्थाका पदाधिकारीहरुलाई तालिमको व्यवस्था मिलाएको छु ।

२. आर्थिक वर्ष २०७७÷०७८ मा वडा कार्यालयहरुलाई दिने पँुजिगत अनुदान रकमलाई व्यवसाय कर, घर जग्गा बहाल कर, बहाल बिटौरी कर र भौतिक पूर्वाधार विकास शुल्क तथा दस्तुर बाट प्राप्त हुने आयलाई प्रमुख सूचक अर्थात सवैभन्दा बढी अंकभारको रुपमा लिइ वजेट तर्जुमा गर्ने व्यवस्था मिलाएको छु । कर प्रशासनलाई व्यवस्थित गर्न वडा स्तरीय र नगर स्तरीय अनुगमन समितिलाई प्रभावकारी रुपमा परिचालन गर्ने व्यवस्था मिलाएको छु ।

(१३) सेवा प्रवाह, सुशासन तथा संस्थागत विकास १. स्थानीय सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन अत्यावश्यक कानून तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिएको छु । २. पदाधिकारी, न्यायिक समिति, कर्मचारी र नगर कार्यपालिकाबाट सूचिकृत मेलमिलापकर्ता तथा सहजकर्ताहरुलाई समयानुकूल पूनर्ताजगी तथा क्षमता विकास सम्बन्धी तालिम प्रदान गर्ने व्यवस्था मिलाएको छु । ३. नगरपालिकाको सङ्गठन संरचना पुनरावलोकन गरी जनशक्ति पूर्ति गर्ने कार्यलाई प्राथमिकता दिएको छु । पारदर्शिता तथा जवाफदेहिता कायम गरी नागरिकमैत्री सेवा प्रवाह, आर्थिक अनुशासन, भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्दै नगरपालिकाबाट प्रदान गरिने सेवाहरुमा छिटो छरितो, चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संस्थागत सुदृढिकरण गर्ने व्यवस्था मिलाएको छु । कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न र मनोवल उच्च राख्न, कार्य सम्पादनमा आधारित प्रोत्साहन सुविधा उपलव्ध गराउने व्यवस्था मिलाएको छु । कर्मचारीलाई प्रदान गरिदै आएको पुरस्कारलाई निरन्तरता दिएको छु ।

४. नगरपालिकामा कार्यरत कर्मचारीहरुको तलब भत्ता, गे्रड, विमा लगायत अन्य सुविधा संघीय सरकारबाट निर्धारण गरेबमोजिम हुने व्यवस्था मिलाएको छु । कर्मचारी कल्याणकोषमा जम्मा गरिदै आएको रकमलाई निरन्तरता दिएको छु । ५. उपभोक्ताहरुको हितलाई मध्यनजर राखि गुणस्तरीय उपभोग्य वस्तुहरुको उपयोग र बिक्री वितरण गर्ने कार्यलाई मर्यादित र व्यवस्थित गर्न बजार अनुगमनलाई निरन्तरता दिने व्यवस्था गरेको छु । ६. नगरपालिका भित्र रहेका टोल विकास संस्थाको क्षमता अभिवृद्धि गरी नगरपालिकाको विकास र जनचेतनामूलक कार्यमा प्रत्यक्ष सहभागी गराउन दिईदै आएको अनुदानलाई निरन्तरता दिएको छु । उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गर्ने व्यवस्था मिलाएको छु । ७. नगरपालिका क्षेत्रभित्र जिल्ला समन्वय समिति मार्फत गठन भई सञ्चालनमा रहेका सामुदायिक विकास कोषहरुलाई एकीकृत गरी नगरस्तरीय एकल सामुदायिक विकास कोषको रुपमा सञ्चालन गर्ने गरी कानून तर्जुमा भइसकेकोले कानून बमोजिम दुवै विकास कोषलाई एकीकृत गरिनेछ र उक्त कोषलाई वडा नं. १० र ११ मा समेत क्षेत्र विस्तार गर्ने गरि आवश्यक वजेटको व्यवस्था मिलाएको छु । राजश्व प्रशासन तथा आर्थिक सुधार, सेवा प्रवाह, सुशासन तथा संस्थागत विकासको लागि एकमुष्ट १३ करोड २६ लाख ३० हजार रकम विनियोजन गरेको छु । साथै सामाजिक सुरक्षा भत्ता वितरणको लागि रु १५ करोड विनियोजन गरेको छु ।

(१४) बैदेशिक सम्बन्ध १. मित्रराष्ट्र चीनको कान्सु प्रान्तको क्यानन् स्वायत्त क्षेत्रसँग भगिनी सम्बन्ध कायम गर्ने गरी प्रकृया अघि बढाइसकेकोले उक्त कार्यलाई पूर्णता दिने गरी अन्तिम सम्झौता गर्ने व्यवस्था मिलाएको छु । बैदेशिक सम्बन्ध स्थापना र सुदृढिकरणका लागि आवश्यक वजेटको व्यवस्था गरेको छु । उल्लेखित कार्यको लागि १५ लाख वजेट विनियोजन गरेको छु । अब म आर्थिक वर्ष २०७६÷०७७ को बजेट विनियोजन, अनुमानित आय र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्न चाहन्छु । आगामी आर्थिक वर्षका लागि कुल रु. ९० करोड ८५ लाख ५१ हजार विनियोजन गरेको छु । कुल विनियोजित बजेट मध्ये चालु खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालन लगायत प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, अन्य व्यवस्थापन समेतको लागि रु. ४४ करोड ११ लाख १० हजार विनियोजन गरेको छु । जसमा शिक्षा, स्वास्थ्य, कृषि र पशु विकास, सामाजिक सुरक्षा र प्रशासनिक खर्चलाई समाबेश गरिएको छ । त्यस्तै आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, विपद व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतको काम समेटिएको पुँजीगत खर्चका निमित्ति रु. ४६ करोड ७४ लाख ४१ हजार विनियोजन गरेको छु ।

उपरोक्त पुँजीगत खर्च मध्ये वडा नं. १ को लागि रु. १ करोड ७ लाख ६० हजार, वडा नं. २ को लागि रु. ७२ लाख ५८ हजार, वडा नं. ३ को लागि रु. ७३ लाख ६१ हजार, वडा नं.४ को लागि रु. ९१ लाख २४ हजार, वडा नं. ५ को लागि रु. १ करोड १ लाख १० हजार, वडा नं. ६ को लागि रु. १ करोड ११ लाख ६१ हजार विनियोजन गरेको छु । त्यसैगरी वडा नं.७ को लागि रु. ७४ लाख ५४ हजार, वडा नं. ८ को लागि रु. ७१ लाख ३२ हजार, वडा नं. ९ को लागि रु. १ करोड २ लाख ७३ हजार, वडा नं. १० को लागि रु. १ करोड १५ लाख १० हजार र वडा नं. ११ को लागि रु. १ करोड २ लाख १७ हजार गरी जम्मा रु १० करोड २३ लाख ६० हजार विनियोजन गरेको छु । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु ६६ करोड २ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान रु ४ करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट रु ३ करोड १८ लाख ८२ हजार ५ सय ५५ रुपैया, आन्तरीक स्रोतबाट रु १३ करोड १५ लाख ५५ हजार र रु ३ करोड ६२ लाख ५८ हजार ४ सय ४५ बचत तथा न्यूनबाट पूर्ति हुनेगरि जम्मा रु ९० करोड ८५ लाख ५१ हजार आयको अनुमान गरेको छु । राजस्वको शिर्षकगत अनुमान विवरण, संचित कोषमा जम्मा हुने गरी विभिन्न स्रोतवाट प्राप्त हुने आय र व्ययको शिर्षकगत विवरणहरु अनुसुचिमा उल्लेख गरिएको छ ।

मुलुकमा संघीयता लागु भई स्थानीय तह घोषणा भए सँगै हामी आपैmले स्थानीय तहबाटै आर्थिक, भौतिक, सामाजिक तवरले फड्को मार्नुपर्ने चुनौती थपिएको छ । सामाजिक क्षेत्र तथा भौतिक पुर्वाधार मा उल्लेखनीय रुपमा विनियोजन गरिएको यो बजेटबाट समृद्ध सैनामैना नगरपालिकाको शुरुवात हुनेमा मैले विस्वास लिएको छु । बजेटको पूर्ण कार्यान्वयनले जनताले स्थानीय तहमा सरकारको उपस्थितिको अनुभुति गर्नेछन् भन्ने विश्वास लिएको छु । यो बजेटको सिद्धान्त र प्राथमिकतामा प्राप्त विभिन्न सुझावका लागि संघीय प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरु, प्रदेश सभाका माननीय सदस्यज्यूहरु, नगरमा क्रियाशिल राजनीतिक दलहरु, सरकारी कार्यालय, सुरक्षा निकाय, सामाजिक संघ संस्थाहरु, वुद्धिजिवी नागरिक समाज, सञ्चार जगत र सम्पूर्ण आदरणीय नगरवासीहरु प्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछु । बजेट निर्माणका क्रममा अहोरात्र खटिने सम्पूर्ण नगरसभा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत सबै कर्मचारीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । यो बजेटको सफल कार्यान्वयनमा समेत सबैको पूर्ण सहयोग पाउने विश्वास लिएको छु ।

धन्यवाद
नमस्कार