रुपाको ‘हिम्मत भाकी छोरी’ सार्वजनिक

२९ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथी हास्य कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए । सानोमा आफ्नो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् ।

गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे , रोजिना थापा , डाक्टर कृष्णहरि बराल , दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको शब्द छ । कार्यक्रममा दुई गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो । साथै गायिका रुपाले ‘मेरी आमा’ बोलको गीतलाई लाइभ गाएकी थिइन् । उनको गायकीलाई उपस्थितले तारिफ गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…