स्याङ्जामा कुक्कर भित्र डेटोनेटर र ढुङ्गा फेला

प्रकाशित मिति:

स्याङ्जा-स्याङ्जामा संकास्पद वस्तु भेटिएको छ ।कालीगण्डकी गाउँपालिका– ७, मिर्मीको बजारमा भेटिएको संकास्पद वस्तु सेनाको डिस्पोजल टोलिले निष्कृय बनाएको छ ।

बजारमा संकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त संंकास्पद वस्तु कुक्कर रहेको प्रहरीले बताएको छ । कुक्कर भित्र डेटोनेटर र ढुङ्गा रहेको नेपाली सेनाले बताएको हो ।