गुगलले ३० लाख भन्दा बढी नक्कली ‘म्याप एप’लाई हटायो

१० असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
64 Shares


एजेन्सी –गुगल ले पछिल्लो वर्ष आफ्नो म्याप सेवा गुगल म्याप बाट ३० लाख भन्दा बढी नक्कली अकाउन्टलाई हटाएको छ । कम्पनीको ब्लक अनुसार यस्ता नक्कली म्याप अकाउन्टबाट ग्राहकहरु ठगिने सम्भावना प्रबल रहेको छ । गुगलले मानिसलाई कारोबारसँग जोड्नका लागि सम्पर्क सुत्र र गन्तव्यसम्म पुग्नका लागि बाटो देखाउने लगाएतको काम गर्छ ।

गुगल म्यापका उत्पादक निर्देशक ईथन रसेलले भर्खरै एक ब्लकमा भनेका छन् – ‘नक्कली म्याप एप्सलाई व्यापारीहरुले गलत तरिकाले प्रयोग गर्छन् । उनीहरुले आफूलाई सक्कली ब्यापारी भनेर ग्राहकहरुलाई धोका दिइरहेका हुन्छन् । यसरी ग्राहकहरु ठगिनबाट जोगाउनका लागि गुगलले आफ्नै तरिकाले कदम चालिरहरेको हुन्छ ।’

निर्देशक रसेलले थपे, ‘पछिल्लो वर्ष ३० लाख भन्दा बढी नक्कली कारोबारी अकाउन्टलाई हटाइएको छ । जहाँ ९० प्रतिशत भन्दा बढी कारोबारी अकाउन्टहरु यस्ता छन् कि ग्राहकहरुले खोल्नै सकिरहेका थिएनन् । यस प्रक्रियामा करिब ८५ प्रतिशत नक्कली अकाउन्टहरु हाम्रो आन्तरिक प्रणालीले हटाएको छ ।’ग्राहकहरुले पनि झण्डै दुई लाख जति नक्कली अकाउन्ट भएको उजुरी गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना