कन्चन गाँउपालिकाको आर्थिक बर्ष २०७६र७७ को बजेट सार्वजनीक

१० असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
46 Shares


कन्चन गाँउपालिकाको आर्थिक बर्ष २०७६र७७ को बजेट सार्वजनीक भएको छ । कञ्चन गाउँपालिकाले पाँचौ गाउँ सभामार्फत गाउँपालिकाको बजेट प्रस्तुत सार्बजनीक गरिएको छ । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, स्वरोजगार र पूर्वाधार, कला संस्कृतीको संरक्षण सम्बद्र्धन, समृद्ध कञ्चन, खुशी र सुखी कञ्चन भन्ने उद्देश्यलाई साकार पार्ने गरि आ।ब। ०७६र०७७ को बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष गोमा तरामु मगरले प्रस्तुत गरेको आ।ब ०७६र०७७ मा कुल बजेट ५८ करोड ३२ लाख ९१ हजार ल्यार्ईएको छ।

यस्तै ८ करोड ८४ लाख बजेट बिनियोजन गरी यो आर्थीक बर्षमा सामुदायिक भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ भने कृषी र शिक्षँलाई पनि उत्तिकै महत्वका साथ बजेट बिनियोजन गरिएको छ । साथै प्रस्तुत बजेटमा शिक्षामा रु ११ करोड ८७ लाख ७ हजार , कालोपत्रे सडकमा ५ करोड १६ लाख २२ हजार , पशुपालनमा ५९ लाख १५ हजार, सिंचाई संरचना निर्माणमा ६४ लाख ५० हजार , तटबन्ध तथा बाध निर्माणमा १२ लाख ५० हजार , सिप बिकास तथा जनचेतनाका लागी १ करोड ३६ लाख ६० हजार , उद्धार राहात तथा पुनस्र्थापनका लागी ८ लाख ५० हजार लगायतको बजेट बिनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष तरामुले “समृद्ध कञ्चन, खुशी र सुखी कञ्चन बासी“ बनाउने गाउँपालिकाको मुख्य उद्देश्य भएकाले त्यसै अनुसारको बजेट ल्याएको बताउनु भएको छ । बजेट तथा योजना सफल कार्यान्वयनका लागि गाउँपालिकाले सबैसँग सहकार्य गर्ने भन्दै उपाध्यक्ष तरामुले गाउँपालिकाले निर्दिष्ट गरे बमोजीम आर्थिक समृद्धि एवम दिगो विकासमा लाग्नु साथै कञ्चनलाई समृद्ध बनाउँदै जानुपर्ने दायित्व आफ्नो, जनप्रतिनिधिहरु एवम् कर्मचारीहरु लगायत सम्पुर्ण टिम र कञ्चनबासी सबैको साझा कर्तव्य रहेको उल्लेख गर्नुभयो ।गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा ल्याएका बजेट कार्यान्वयन भइरहेको भन्दै आगामी आ।व।मा यसलाई अझ प्रभावकारी ढंगबाट कार्यान्वयन गरिने बताइएको छ । प्रस्तुत बजेटले कञ्चनका अधिकांश मानिस कृषि पेशामा निर्भर रहेकोले जनताको जीवन स्तर उकास्न कृषि पेशा व्यवसायलाई आधुनिकीकरण गर्ने गरि सिंचाइ सुविधा कार्यलाई यो वर्ष पनि उच्च प्रार्थ्िमकतामा राखिएको छ। त्यस्तै आर्थिक अवस्था कमजोर भएका र कृषि तथा पशुपालन गर्न इच्छुक युवाहरुलाई सहकारी तथा समुहगत रूपमा न्युनतम ब्याजमा ऋण उपलब्ध गराउने , आवश्यक व्यवस्था मिलाइने, पशुमा नश्ल सुधारको माध्यमबाट पशु र पशुजन्य उत्पादनमा जोड दिइएकोे छ ।
त्यस्तै शैक्षिक गुणस्तरमा वृद्धि गर्न प्राविधिक धार तर्फको शिक्षालाई उच्च प्राथमिकतामा राखिएकोेछ । यस्तै स्वास्थ्य क्षेत्रमा रुद्रपुर स्वास्थ्य चौकीमा सञ्चालित २४ घण्टे प्रसुती सेवा सुविधालाई थप प्रभावकारी बनाउने गरी बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै खानेपानी विस्तारलाई जोड दिईएको , व्यवस्थीत सडक निर्माण, लागुपदार्थ दुर्व्यसनी र महिला हिंसा रोक्न सबै उपायहरु अवलम्बन गरिएको , महिलाहरुको आय आर्जनमा वृद्धि गरिएकोे, न्यायिक प्रक्रियालाई सरल र सहज बनाइएको कञ्चनका पाँच वटै वडाको एक एक स्थानमा फ्री वाइफाई जोनको स्थापना गरिनुका साथै लुम्बिनीमा आएका पर्यटकलाई कञ्चन गाउँपालिका सम्म ल्याउन यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु दानापुर ताल, एतिहासिक बरको रुख, ढावा ताल, मलावरदेवी स्थानमा संघीय र प्रदेश सरकारको सहकार्यमा गाँउपालिकाबाट आवश्यक बजेट बिनियोजन गरिएको छ । गाँउपालिकाको आर्थिक बर्ष २०७६र७७ को बजेट समग्र रुपमा राम्रो भएको देखिएतापनि केही योजना तथा कार्यक्रममा सुधार गर्नुपर्ने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया