आँधीखोलाले बगाउदा ८ वर्षिय बालकको ज्यान गयो

१० असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
282 Shares


राधाकृष्ण डुम्रे –स्याङ्जामा आँधीखोलाले बगाउँदा आठ बर्षिय बालकको ज्यान गएको छ । भीरकोट नगरपालिका वडा न. १ बयरघारी स्थीत आँधीखोलाले बगाउँदा सोही ठाउँ बस्ने दिपक श्रेष्ठका छोरा अन्स श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

आँधीखोलाले बगाउँदै लगेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि प्राथमीक स्वास्थ्य केन्द्र वालिङ लगीएको थियो । स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । खेल्ने क्रममा खोलाले बगाएको आफ्नो चप्पल छोप्न खोज्दा बालक पनि वगेको प्रत्यक्षदशीले जनाएकाछन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन