‘साइली’पछि हेमन्तको ‘माया बस्यो है’ सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ -गायक हेमन्त राना आवाजमा समावेश ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक भएको छ । हेमन्तको ‘साइली’ गीत सुपरहिट भएको थियो । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीतले प्रेमको भाव बोकेको छ । यो गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् ।

हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको चलचित्रको भिडियोलाई लवेश श्रेष्ठ र रुबिन प्रधानले खिचेका हुन् । गीतको भिडियोमा नायक दयाहाङ राइलाई पनि देख्न सकिन्छ । यो गीतको भिडियोले एक चोटी देख्दा नै मायामा पर्ने यूवापुस्ताको कथा प्रस्तुत गरेको छ ।