ग्लोबल बैंकबाट शाखा रहित बैंकिङ सेवाको शुरुवात

प्रकाशित मिति:

गुल्मीमा रहेकोे ग्लोवल आइएमई बैंक लि।ले जिल्लाका विभिन्न स्थानबाट शाखा रहित बैंकिङ सेवाको शुरुवात गरेसँगै जनताहरुलाई आर्थिक कारोवारमा थप सहजता भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारमा रहेको ग्लोवल आइएमइ बैङ शाखाले नगरभित्रका चार स्थानबाट शाखा रहित बंैकिङ्ग सेवा सुचारु गरेको छ ।

मुसिकोट नगरपालिकाको वडा नं। ७ वामीटक्सार बजारमा रहेको ग्लोवल आइएमइ बैंक लि। शाखाले नगरपालिकाको वडा नं। ३ को बडागाँउको ठूल्पोखरा,वडा नं। ५को आँपचौर र वडा नम्वर ६ को भुवाचिदी र वडा नं। ९ को अर्लाङकोट गरि ४ वटा स्थानमा शाखा रहित बैकिङ्ग सेवा सुचारु भएसँगै यस क्षेत्रका आम सर्वसाधरण जनताहरुलाई आफ्नो घर नजिकैबाट आर्थिक कारोवारमा थप सहजता भएको ग्लोवल आइएमइ बैंक वामीटक्सारका शाखा प्रबन्धक माधव उपाध्यायले जानकारी दिए ।

उक्क्त शाखा रहित बंैकिङ्ग सेवाबाट बैङको खाता खोल्न, रकम बचत गर्ने तथा झिक्न रकमको जानकारी लिन र अन्य शाखाहरुमा रकम पठाउन विदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने व्यवस्था रहेको ग्लोवल आइएमइ बैंक वामीटक्सारका शाखा प्रबन्धक उपाध्यायले जानकारी दिए ।

उक्क्त शाखा रहित बैकिङ सेवाबाट दैनिक रुपमा ग्लोवल आइएमइ बैंक शाखा सरह नै सेवा उपलव्ध हुने र एक दिनमा बिस÷बिस हजारका दरले ५० हजार रुपैयाँ सम्म रकम निकाल्न सकिने तथा ४० हजारका दरले एक लाख रुपैया सम्म जम्मा गर्न सकिने प्रवन्धक उपाध्यायले जानकारी दिए ।

ग्लोवल आइएमइ बंैकले गुल्मी जिल्लाका विभिन्न स्थानहरुमा हालसम्म १४ वटा शाखा रहित बैकिङ सेवा सञ्चालन भइरहेको प्रवन्धक उपाध्यायले बताए ।

नेपालका विभिन्न जिल्लाहरुमा गरि हालसम्म १ सय वटा शाखा रहित बैकिङ सेवा सञ्चालन भइरहेका छन् त्यसमध्ये गुल्मी जिल्ला सबैभन्दा शाखा रहित बैकिङ सेवा विस्तार गर्नेमा अगाडी अर्थात पहिलो जिल्ला रहेको प्रवन्धक उपाध्यायले बताए ।

साथै प्रवन्धक उपाध्यायले भने शाखा रहित बैकिङ सेवा सुचारु भएपछि विशेषगरिे वृद्ध वृद्धाहरुलाई आफ्नो घर नजिकै पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा अन्र्तगतको वृद्धा भत्ता वितरण लगायतका बैकिङ सेवाले स्थानीय नागरिकहरुलाई थप सहजता प्रदान गरेको छ भने स्थानीय नागरिकहरुको आवश्यकता र माग अनुसार शाखा रहित बैकिङ सेवा अझ विस्तार गर्न सकिने प्रवन्धक उपाध्यायले बताए ।