आँचलको सिद्धान्त ‘जसरी होस् चर्चा होस्’

प्रकाशित मिति:

काठमाडौँ –नेपालीमा एउटा प्रख्यात उखान छ, ‘बदनाम हुनु, तर गुमनाम नहुनु ।’ अपवादबाहेक संसारका जो कोही व्यक्तिको हकमा यो सिद्धान्त लागू हुन्छ । अझ बढी सेलिब्रेटीको हकमा । उनीहरु गुमनाम सहन सक्दैनन् । बरु, बदनामसँग घम्साघम्सी गर्न तयार हुन्छन् । जसरी हुन्छ आफ्नो चर्चा भइरहोस् भन्ने चाहन्छन्, राम्रो वा नराम्रो जुन हिसाबले भएपनि । यसबाट नेपाली कलाकारहरु अछुतो रहने त झन् कुरै आउँदैन ।

आफ्नो सधैं चर्चा भइरहोस् भनेर प्रार्थना गर्ने अभिनेत्री हुन्, आँचल शर्मा । उनको हकमा ‘बदनाम हुनु, तर गुमनाम नहुनु’ भन्ने सिद्धान्त लागू हुन्छ । कसैलाई घोच पर्ने गरि गर्ने दिने गरेको अभिव्यक्तिका कारण प्रायः उनको चर्चा भइरहेको हुन्छ । उनी दर्शक र मिडियाको ध्यान आफूतिर बनाइराख्न सिपालु छिन् । तर, दुर्भाग्य १ उनको आजसम्म अभिनयलाई लिएर चर्चा भएको छैन । सधैं आलोचनाको मात्र शिकार भइरहेकी छिन् । तर, यसको उनलाई कुनै मतलब नै छैन । उनी आफ्नो आलोचना मात्र भए पनि चर्चा भइराखेकोमा खुसी छिन् । गएको शनिबार उनी अभिनीत पाँचौ फिल्म ‘दाल भात तरकारी’ ले राजधानीका तीन सिंगल थिएटरमा ५१ दिन मनायो । मिश्रित प्रतिक्रियाको बाबजुद पनि यसले नेपालबाट लगानी सुरक्षित गर्न सफल भएको थियो । तर, यो फिल्मले आँचललाई कुनै फाइदा गरेन । उनको भूमिका र अभिनयको चर्को आलोचना भयो ।

तर, उनी राम्रोरनराम्रो जुन प्रकारले भए पनि आफ्नो चर्चा भएकोमा गदगद छिन् । उनी भन्छिन्, जे जस्तो भए पनि आँचलको नाम गुञ्जिरहेको छ । मलाई लिएर गसिप बनिरहेका छन् । यसले मलाई फाइदै गरिरहेको छ । चाहे सकारात्मक होस् वा नकारात्मक, चर्चा भइरहोस् । म खुसी हुन्छु ।ु तर, आँचलले बुझ्न जरुरी छ नकारात्मक चर्चाले करिअर बचाउँदैन । भत्काउँछ । पाँच फिल्ममा अभिनय गरिसकेता पनि अभिनेत्री आँचलको अभिनयमा अहिलेसम्म निखारता देखिएको छैन । यो एउटा कलाकारको करिअरका लागि निकै दुःखद कुरा हो । ‘कलाकार चर्चाले होइन, जीवन्त अभिनयले बाँच्छ’ भन्ने कुरा आँचलले मनन् गर्न आवश्यक छ । चर्चा नै आफ्नो सफलता ठान्ने हो भने एकदिन करियर नै लथालिङ्ग हुनसक्छ । त्यसैले सस्तो चर्चामा खुसी मनाउनुभन्दा अब अभिनय सुधारमा गम्भीर हुने कि आँचलजी