रामभक्त हनुमानको पूजा गर्नाले विघ्न–बाधाहरु यसरि हुन्छन निवारण

प्रकाशित मिति:

एजेन्सी -रामभक्त हनुमानलाई विघ्न–बाधाहरुको निवारक कर्ताका रुपमा लिइन्छ । शुद्ध–पवित्र मनले हनुमानको पूजा गर्नाले मानव जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चनहरुको नाश हुने विश्वास गरिन्छ ।जुन घरमा भगवान हनुमानजीको प्रसिद्ध मन्त्रोच्चारण हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन भन्ने धार्मिक मान्यता पनि छ । हनुमान यस्ता देवता हुन्, उनी छिट्टै प्रसन्न हुुन्छन् ।

जुन भक्तले मनैदेखि हनुमानको सेवा गर्दछन्, उसलाई पुण्य प्राप्ति हुन्छ भन्ने विश्वास राखिन्छ । हनुमान प्रशन्न बनाउँन हनुमान चालिसा अथवा हुनमासँग जोडिएका मन्त्रहरु जप गर्नुपर्ने हुन्छ ।जीवनमा केही बाधा अड्चन आइ परेमा हनुमानको नाम जपेमात्रै पनि विध्न वाधा हटेर जान्छ भन्ने धार्मिक विश्वास छ । हनुमानकै कृपाबाट अष्ट सिद्धि, नव निधि प्राप्त गर्न सकिन्छ हनुमानको साधना गर्दा केही नियमप्रति ध्यान दिनु भने जरूरी हुन्छ । जुन यसप्रकार छन्–

१। पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ ।
२। निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ ।
३। हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ ।
४। पूजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुँदैन ।

मंगलवारको दिन ब्रत बस्नुपर्छ, त्यस दिन नुन खानुहुन्न । हनुमान रामभक्त भएको हुँदा भगवान रामको पूजा गर्दा पनि हनुमान प्रशन्न हुन्छन् । तुलसीदास जीले रामलाई पुकार्दा उनलाई हनुमानजीको कृपा सहजै प्राप्त भएको थियो । यसका लागि नियमित रूपमा रामायणको पाठ गर्नु जरूरी हुन्छ ।पूजाका लागि सकेसम्म एउटै समय राख्नु उपयुक्त हुन्छ । तुलसीदास भन्छन्( हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी हुन्छ, यसको नियमति ११ पटक गरे हनुमान प्रशन्न हुन्छन् । हनुमान साधनाको केही तांत्रिक प्रयोग र मन्त्र पनि छन् । त्यसको साधनाले हनुमानजीलाई खुसी पार्न सकिन्छ ।शुक्ल पक्षको पहिलो मंगलबारदेखि रातो आसनमाथि हनुमानजीको प्रतिष्ठित मूर्तिको सामुन्ने दियो बालेर रातो चन्दनको माला वा मुंगको ११ मालालाई ४० दिन सम्म जपेपछि सिद्धि प्राप्ति हुने शास्त्रमा उल्लेख छ ।