बिहान छुटाउन नहुने यी काम, जसका कारण तपाईको दिन शुभ बन्नेछ

प्रकाशित मिति:

एजेन्सी -दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । दिन शुभसँग बितोस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले दिनलाई शुभ बनाउन बिहानीको संघर्ष अपरिहार्य हुन्छ ।त्यसका लागि तपाईले बिहान नियमियत रुपमा केही त्यस्ता नित्यकर्म गर्नुपर्छ जसका कारण तपाईको दिन शुभसँग बितोस् ।

दिनभर सकारात्मक सोच पलाउन सकोस् । यसका लागि तपाई बिहान सबेरै उठ्नुपर्ने हुन्छ । राति समयमै सुतेर बिहान सबेरै उठ्दा तपाईको ज्यान फूर्तिलो बन्छ । दिनभरको आलश्यता पनि कम हुन्छ ।जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप शुरु गर्नतर्फ लाग्नुस् । पूजा पाठ, व्यायाम, प्रणायम गर्नुस् । व्यायाम हिँडाइ वा योग सबै गर्न उपयुक्त समय पनि बिहान नै हो । बिहानको स्वच्छ हावाले शरीरलाई थप फाइदा दिन्छ ।

बिहानको हिँडाइ तथा व्यायामले पूरै दिन ताजगी र उत्साहमय बन्छ । बिहान ४ बजेदेखि ९ बजेसम्म हाम्रो शरीरमा ‘सिम्पेथेटिक प्रणाली सक्रिय हुन्छ । यसले गर्दा शरीरमा अधिक एड्रेनलिन उत्पादन र वितरण हुनुका साथै उच्च रक्तचाप एवम् अधिक मुटुको गति वा धड्कन हुने गर्छ ।त्यसैले बिहानको हिँडडुल व्यायाम वा योगले अवस्था स्थिर बन्छ । बिहानको योग वा व्यायामले शरीरको क्षमता विकास हुन्छ र शरीरको रोग निर्मुल पार्न प्रतिरक्षा प्रर्णाली बलियो बन्छ ।सवैभन्दा महत्वपूर्ण कुरा सकारत्मक सोच नै हो । मानिसको चेतना जहाँसम्म छ, मानिसले गर्ने त्यही हो । त्यसैले आफ्नो चेतनास्तर केही माथि उठाउँदै पहिलो चरणमा सकारत्मक सोच बनाउने बानीको विकास गर्नुस् ।यसका लागि पूजा पाठ धर्मकर्मतर्फ नै लाग्नुपर्छ भन्ने छैन । मनपर्ने मान्छेहरुसँग भेटघाटका लागि निस्किनुस्, सकारात्मक सोचका साथ बातचित् गर्नोस् । अर्को महत्वपूर्ण कुरा रिस त्याग्ने प्रण गर्नुस । तपाईका हरेक दिन शुभ रहनेछन् ।