प्राविधिक त्रुटी नभए एसईई परीक्षाको नतिजा आजै आउने

प्रकाशित मिति:

काठमाडौं -काठमाडौं परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जनाएको छ । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा प्रकाशनको निर्णयमा पुग्नका लागि आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ ।

बोर्डले निर्णय गरेपछि परीक्षाको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । कुनै प्राविधिक त्रुटी नभए आजै र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।कार्यालयले मंगलबार सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।