तिलोत्तमाको टोल विकास संस्था वडा न १३ मा नयां नेतृत्व चयन

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिकाको वडा नम्बर १३ मा रहेको तिलोत्तमा टोल बिकास संस्थाको तेस्रो साधारण सभा तथा पहिलो अधिवेसन सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै बुटवल १३ का जनप्रतिनिधि तथा वडा सदस्य खुमानन्द पौडेलले यस सस्थाले टोलको बिकासको लागी काम गर्न आग्रह गरे । उनले नगरपालिका वडाको बिकासको लागी हरेक प्रकारले सहयोग गर्न तयार रहेको बताए ।अधिवेसन तथा साधारण सभाले नयाँ कार्य समिति समेत चयन गरेको छ । मधुकला कुँवरको सयोजकत्वमा भएको निर्वाचनमा लक्ष्मी गैह्रेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।जसको उपाध्यक्षमा कृष्ण बहादुर कामी, सचिवमा बिष्णु सुनार, सहसचिवमा लिला कुमारी राना, कोषाध्यक्षमा धनमाया दमाई बिजयी भएका छन् ।

यस्तै कार्य समितिको सदस्यहरुमा देवकि चन्द , लिला कुमारी सुनार, सारदा चौधरी, पुनम देवी बस्याल, उर्मिला दर्जि र पुष्पा श्रेष्ठ बिजयी बनेका छन् ।