यस्ता छन् भिजाएको चना खानुका फाइदाहरू

प्रकाशित मिति:

एजेन्सी – चनामा प्रशस्त मात्रामा प्रोटिन जस्ता पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम तथा सेलेनियम पाउन सकिन्छ । अझ चनालाई तरकारीको रुपमा खानुभन्दा पनि यसलाई रातभर भिजाएर खाएमा निकै फाइदाजनक हुने गर्छ । हरेक दिन एकदेखि दुई मुठी भिजाएको चना खाने हो भने हाम्रो स्वास्थ्यमा भएको समस्याहरु हटेर जान्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिसाएर बिहान खाने गर्नाले कब्जियतको समस्या कम हुँदै जान्छ । यसमा पाइने फाइबरले हाम्रो पाचन प्रक्रियालाई बलियो बनाउनुका साथै यसमा भएका तत्वले शरीरलाई ऊर्जा प्रदान गराउछ । चनामा ग्लुकोजको मात्रा कम हुने भएकोले यो डायबेटिज भएका मानिसका लागि एकदम राम्रो हुने गर्छ ।

भिजाएको चनालाई सक्खरसँग खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ । नियमित रुपमा यसको सेवन गरेमा यसले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । भिजाएको चनामा थोरै मह मिसाएर खाने गर्नाले रक्तअल्पता तथा पत्थरीको समस्याको जोखिम कम हुन्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । साथै चाना भिजाएको पानीले दिनहुँ अनुहार धुने गरेमा अनुहार चम्किलो हुने गर्छ । चनाको बेसनमा बेसार र गुलाबजल मिसाएर अथवा बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखाल्दा अनुहारमा रहेका डन्डीफोर, दाग, दाद आदि हराएर जानुका साथै हाम्रो छालालाई गोरो र चम्किलो बनाउँछ ।