सरकारलाई सांसदको प्रश्न– सिरिन्ज आक्रमण गर्नेहरुलाई किन कारवाही नगरेको ?

प्रकाशित मिति:

काठमाडौं – काठमाडौं उपत्यकामा महिलामाथि सिरिन्ज आक्रमण भइरहेको भन्दै यस्तो कार्यमा संलग्नलाई किन कारवाही नभएको भन्दै संसदमा प्रश्न उठेको छ । संघीय संसदको राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद रमेशजंग रायमाझीले काठमाडौं उपत्यकामा महिलामाथि सिरिन्ज हान्ने काम भइरहेको भन्दै यस्तो काम कसरले र कहाँबाट गरिरहेको छ भन्दै प्रश्न गरे ।

उनले सरकारका सुरक्षा निकाय कहाँ छन् भन्दै यस्तो कार्यमा सहभागीलाई पक्राउ गरेर किन कारवाही नगरेको भन्दै तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेका छन् । केही दिन यता राजधानीका विभिन्न स्थानमा मोटरसाइकलमा आएका व्यक्तिले महिलामाथि सिरिन्ज जस्तो लाग्ने धारिलो चिजले आक्रमण गरेको प्रहरीले जनाएको छ ।