रुपन्देहीमा १ लाखले लिए परिवार नियोजनका सेवा

प्रकाशित मिति:

परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम सिफो २ द्धारा आयोजना गरिएको नबनिर्बाचित जनप्रतिनिधिहरुसंग अन्र्तकृर्या तथा छलफल सुद्धोधन गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकामा रहेका स्वास्थ्यसंस्थामा परिवार नियोजन सेवा को अबस्था र अब जनप्रतिनिधिहरुले गर्नुपर्ने सेवाको बारे छलफल भएको थियो ।
छलफलमा वोल्दै शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्ता देबि ज्ञाबली ले जनप्रतिनिधिले स्वास्थ्यसेवाको लागी आबश्यक सहयोग गर्ने बताईन । उनले कार्यक्रम बारे गाउँपालिका लाई जानकारी भए र स्वास्थ्यसेवामा गर्नुपर्ने काम बजेट को अभाब हुन नदिने बताईन ।स्वास्थ्यसेवा सहज भएमात्र गाउँपालिकामा अरु बिकास कार्यक्रम सफल हुने वताईन।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक केयर सिङ गोदार ले रुपदेहीका सबै गाउँपालिका नगरपालिकामा यस बर्ष १ लाख भन्दा बढीले परिवार नियोजनको सेवा लिएको बताए । १५ देखी ४५ बर्षका महिलाहरुले यो सेवा बढी लिएको बताएका छन ।
जिल्लामा रहेका २ लाख बच्चा पाउनेउमेरका महिलामा मा ४७ प्रतिशतले यो सेवा लिएको बताए । सिफोटु परियोजना जिल्ला संयोजक निशा गिरीले २०७२ सालमा सुरु भएको परिवारनियोज समन्धि कार्यक्रम तोकिएको समय सम्म नभएको बताईन युएसएआईडिको सहयोगमा संञ्चालित कार्यक्रम जिल्लामा सुरु भएदेखी सचेतना तालिम र परिवानरनियोजन को साधन लगाउने कार्यक्रम गरेको बताईन । उनले परिवारनियोजको वारे बिभिन्न धर्मअनुसार फरक फरक रहेको बताउदै आफुहरुले जिल्लामा धर्मगुरु देखी स्वास्थ्य संस्थाका कर्मचारीलाई र छलफल गरेको बताईन । अहिले परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या बढेको समेत बताई ।
सुद्धोधन गाउँपालिका कार्यकारी प्रमुखअनन्तपाणी मरासीनी स्वास्थ्यसंयोजक नन्दाराम पौडेल सहसंयोजक प्रेम सुबेदी वडा अध्यक्ष लगायले बोलेका थिए ।