इरानका केही भाग ध्वस्त पार्ने ट्रम्पको चेतावनी

११ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
66 Shares


वाशिंटन डिसी – इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाको ट्रम्प प्रशासन मानसिक रुपमा अस्थीर रहेको टिप्पणी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको केही भाग ध्वस्त पार्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै इरानले कुनै पनि अमेरिकी निशानामा आक्रमण गरेमा त्यसले विशाल अमेरिकी शक्तिले प्रतिक्रिया दिइने यसको अर्थ इरानका केही भागलाई नष्ट पारिने रहेको चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले इरान स्थीरता तथा नाकाबन्दी फुकुवा होस् भन्ने चाहन्छ भने इरान शान्तिपूर्ण तवरमा वार्ताका लागि आउनुपर्ने जनाए । यसअघि इरानी राष्ट्रपति हसन रौहानीले ह्वाइट हाउस मानसिक रुपमा अस्थीर रहेको टिप्पणी गरेका थिए ।

गत सोमबारमात्र ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीविरुद्ध नाकाबन्दीको घोषणा गरेको थियो । यसबाहेक अमेरिकाले यसै साता इरानी विदेशमन्त्री जवाद जरिफविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गत साताको बिहीबारमात्र इरानले अमेरिकी लडाकु विमान खसालेपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा छ । उक्त ड्रोन खसालेपछि अमेरिकाले इरानमाथि सैनिक आक्रमणका लागि तयार रहेको तर अन्ततः राष्ट्रपति ट्रम्पको ठाडो निर्देशनमा उक्त आक्रमण टरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ