लागुऔषध नियन्त्रणका लागि पाठ्यक्रममा लागुऔषध सम्बन्धी विषय राख्न जरुरी

प्रकाशित मिति:

बुटवल – पाठ्यक्रममा लागुऔषध सम्बन्धी विषय राखे मात्र लागु औषध दुरुपयोग नियन्त्रण हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । लागु औषध नियन्त्रण नेपाल प्रहरीको दायित्व मात्र नभएर सवैको दायित्व भएको उनीहरुको भनाई थियो । मावन अधिकार तथा शान्ती समाज रुपन्देहीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्ताष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले युवा पुस्तामा लागु औषध दुरुपयोग बढि भएको बताए ।

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरिष्ठ उपसभापती गोविन्द खनालले स्थानिय तहले बनाउने पाठ्यक्रममै लागु औषध सम्बन्धी विषय राखेमा यसको प्रभावकारी बढ्ने बताए । विशेषगरी युवा पुस्ताहरु नै लागु औषधको दुव्र्यसनीमा फसेको भन्दै विद्यालय तहबाटै यसको सचेतना फैलाउन सके नियन्त्रण हुने उनले बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी भिमलाल भटट्राईले लागु औषध व्यवस्थित र नियन्त्रण गर्न कानुन आएपनि कानुनले मात्र सम्भव नरहेको बताए । उनले सवै निकायबाट अभियान थालनी नगर्दा सम्म लागु औषध नियन्त्रण हुन नसक्ने बताए । साथीको संगत बाटै युुवायुवतीहरु लागु औषधको दुव्र्यसनीमा फसेको भन्दै लागु औषधलाई युवायुवती स्वयमले नकार्नुको विकल्प नभएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयकी निर्देशक सम्झना शर्माले यसको दुव्र्यसनी, कानुनी अवस्थाका बारेमा सचेतना फैलाउनुपर्ने बताईन । कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक हेम बहादुर केसीले लागु औषधको ओसारपोसारको अवस्था, कानुनी व्यवस्थाका बारेमा जानाकारी दिएका थिए । कार्यक्रम मानव अधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष डिपी खनालको अध्यक्षता तथा सचिव अर्जुन ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।