जोर्डनमा कांग्रेस नेतृ कोइरालाको सम्मान र अन्तरक्रिया

प्रकाशित मिति:

टेक पौडेल/हङकङ – नेपाली जनसम्पर्क समिति हङकङले पुर्व उपप्रधानमन्त्री, नेपाली काँग्रेसकी नेतृ एवं जिपि फाउन्डेसन नेपालकी अध्यक्ष सुजाता कोइरालालाई जोर्डनमा सम्मान एवं अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जोर्डनस्थित कँगन रेष्टुरेन्टमा २१ जुन २०१९ मा सम्पन्न कार्यक्रममा बोल्दै कांग्रेस नेतृ कोइरालाले नेपाली जन सम्पर्क समितिले गरेका रचनात्मक कार्यक्रमका लागि प्रशंसा गरिन् । उक्त कार्यक्रममा हङकङ नेपाली महासँघका अध्यक्ष टँक राना, गैर आवासीय नेपाली सँघकी अध्यक्ष टीका (राधिका) गुरुङ,नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डाँसुराम पराजुली, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ, चितवन समाज हङकङका अध्यक्ष ओमराज गुरुङ , नेत्र ज्योति सँघ हङकङका अध्यक्ष ईश्वरराज, सहारा क्लवका दिपक गुरुङ, पर्बत मञ्च ( मिलन फाउन्डेसन ) का दुर्गा गुरुङ, फ्यासिफिक क्राउनका डाईरेक्टर नुतान खडका लगायतको सहभागिता रहेको थियो ।

नेपाली जनसम्पर्क समितिका सभापति मिनबहादुर गुरुङको सभापत्विमा भएको कार्यक्रममा देव गुरुङ, नरेन्द्र गुरुङ,बमबहादुर बि क,पुर्व सभापति, कुलप्रसाद गुरुङ, हङकङ महिला आयोगकी सदस्य अरुणा गुरुङ , महासमिति सदस्य बसन्त श्रीनेत, काजी गुरुङ, उदय गुरुङ, जिपि फाउन्डेसन मकाउ तथा हङकङका सँयोजक दुर्गा गुरुङ, सुदार्शन थापा लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । उक्त कार्यक्रममा करुणा हेयर सैलुनकी संचालक करुणा प्रधानले समेत उल्लेख्य सहयोग गरेकी थिइन् । जनसम्पर्क समितिले विभिन्न समयमा रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।