गर्मी बढेसंगै तराईका जिल्लामा सर्पदंशको विगविगी बढ्यो

प्रकाशित मिति:

तराईका जिल्लामा सर्पदंशको विगविगी शुरु भएको छ । सर्पदशंको उपचार जहाँ त्यहि नहुने भएकाले वुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा विरामीको चाप हुन्छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सर्पदशंका लागि एक बर्षमा ११ सय ३ जनाले उपचार गरेका छन । १२ जनाको मृत्यू भएको छ ।१ सय ६५ जना विषालु सर्पको टोकाईले उपचारमा आएको अस्पतालका मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मीले बताए । अघिल्लो बर्ष भन्दा यो बर्ष सर्पदंशको उपचारमा आउनेहरु घटेको देखिएको छ । १२ सय ७७ जना उपचारका लागि आएकोमा यो बर्ष ११ सय ३ जना मात्रै आएका हुन । छिमेकी जिल्ला नवलपरासी, कपिलबस्तु र दाङमा सर्पदशंक उपचार केन्द्र स्थापना भएको छ । यी जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा वुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमै आउनुपर्ने बाध्यता थियो । अहिले पनि थप उपचार गर्नुपरेमा भने अञ्चल अस्पताल बुटवलमै रेफर गर्ने गरिएको छ ।यहाँ रुपन्देही, कपिलबस्तु, नवलपरासी सहित दाङ, प्यूठान देखि विभिन्न जिल्लाहरुबाट बिरामीहरु उपचारका लागि आएका छन । मृत्यू हुनेमा अधिकांश ग्रामिण भेगका विरामी रहेका छन ।अस्पताल ल्याएको २ घन्टाभित्रमा मृत्यू हुने गरेको अस्पतालका सूचना अधिकारी समेत रहेका रेग्मीले बताउनुभयो ।