गुल्मीको धुर्कोटमा चट्याङ पर्दा २ घाइते !

प्रकाशित मिति:

अर्जुन भण्डारी / गुल्मी – गुल्मीको धुर्कोट गाँउपालिका ५ वस्तु हर्रेमा पानी संगै परेको चट्याङ लागेर २ जना घाईते भएका छन् ।

टोपवहादुर वि.को घरमा परेको चट्याङले घरभित्र काम गरिरहेकी उनकी बुहारी २७ बर्षकि आशा वि.क र सोही घरमा रहेका उनका कान्छा छोरा १७ बर्षका शुरेस वि.क घाइते भएका छन् । घाईतेको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ ।